अझै मौन बसिरहेको छ मेरो सरकार के गर्नु
फेरि देशलाई बेचिरहेको छ बारम्बार के गर्नु ।
मात्र कागजमा बिज्ञप्ति निकालेर केही हुदैन
जनताले बहुत सहेका छौ अत्याचार के गर्नु ।
बिस्तारवाद मुर्दावाद भन्दैमा हिरासत लिन्छ
आफ्नो प्रयोग गर्न पाईदैन अधिकार के गर्नु ।
अव मेरो देश भन्ने शब्द सायद हराउँछ होला
तिमी कस्सिएकै छौ गर्नमा भ्रष्टाचार के गर्नु ।
आज कालापानी लिपुलेख मिचिदा मौन छौ
आमाका आँखा रसाउदैछन् लगातार के गर्नु ।
कति सहेका छन पीडा सिमानामा बस्नेहरुले
सरकार तिमी राजधानीमा छौ सरासर के गर्नु ।।…….
रणबहादुर वि.क दैलेख