(सुर्खेत–अमदाबाद) । भारतको गुजरात राज्यको अमदाबादमा रहेको पनाह फाउण्डेशन् नामक एक संस्थाले भारतका विभिन्न ठाउँमा अलपत्र परेका नेपालीहरुलाई राहतमा जुटाउनमा आर्थिक सहयोग गरेको छ ।
उक्त फाउण्डेशनले सिधै नेपालीहरुलाई सहयोग गर्न नपाउनेभएकाले ‘नेपाली हेल्प लाईन’ मार्फत आर्थिक सहयोग गरेको हो ।
कोरोना महामारीको समयमा थुप्रै नेपालीहरु भारतका विभिन्न ठाउँहरुमा अलपत्र परिरेहका बेला पनाह फाउण्डेशनले नेपालीका लागि निकै पुण्यको काम गरेको छ ।
‘हाम्रो फाउण्डेशनले सिधै नेपालीलाई सहयोग गर्न मिल्दैन्, फाउण्डेशनका मुख्य अधिकारी नरेश सिजापतिले भने,‘त्यही भयर नेपाली हेल्प लाईन मार्फत आर्थिक सहयोग गर्न जुटेका हौं ।’
अहिले हेल्प लाईनले फाउण्डेशनको आर्थिक सहयोगमा यहाँका ( भारतका) विभिन्न ठाउँमा अलपत्रमा परिरहेका नेपालीहरुलाई राहत जुटाईरहेको छ ।
हाल सम्म अमदाबादमा रहेका सयौं नेपालीहरुलाई राहत वितरण गरिसकेको हेल्प लाईनका प्रमुख करन् केसीले जानकारी दिए ।
यस्तै पनाहले नेपालीहरुलाई सहयोगको लागि भारतको अलग–अलग राज्यमा विभिन्न नेपाली संघ संस्थालाई आर्थिक सहयोग दिएर अलपत्र परेका नेपालीहरुलाई सहयोग गरीदिन आग्रह पनि गरेको छ ।
पनाह फाउण्डेशन्ले नेपाली हेल्प लाईनको माध्यमले अहिले सम्म ३२ हजार भन्दा बढी ‘हाम्रो नेपाल हाम्रो नेपाली’, (हैदराबादमा १९ हजार ‘हाम्रो नेपाल हाम्रो अभियानका निरक विष्टलाई १६ हजार र २६ हजार श्री पशुपति मानव सेवा ट्रष्टका अध्यक्ष वीरबहादुर सोनीलाई सहयोग गरेको छ ।
यस्तै १९ हजार रूपैंया नेपाली जनसम्पर्क समिति सुरत, १९ हजार नेपाली प्रवासी मञ्च दिल्ली, १९ हजार नेपाली प्रवासी संघ वापी, र विभिाँ साना–साना संघसंस्थालाई ५० हजार भन्दा धेरै सहयोग गरी अलपत्र परेका नेपालीहरुलाई सहयोग गरी दिन अनुरोध गरेको पनाह फाउण्डेशनका मुख्य अधिकारी सिजापति जानकारी बताए ।
पनाहको आर्थिक सहयोगमा नेपाली हेल्प लाईनले विभिन्न संघसंस्थाहरुको सहयोगमा हैदराबादमा ९० जना, राजकोटमा ४५ जना, रूपैडीया ७५जन,श्री पशुपति नाथ ट्रस्टद्धारा ११ जना, यस्तै पनाहको टिमले ५० हजार बराबरको खाद्यान्न सामाग्री (राशन्) सहयोग गरेको छ ।
पनाह फाउण्डेशनका मुख्य अधिकारी नरेश सिजापतिको सहयोगमा ।।
(मुख्य अधिकारी सिजापति नेपालको दैलेख जिल्लामा पर्ने महावु गाउँपालिकामा जन्मिभएका हुन् । सानै देखि भारतमा भएकाले उनी भारतको नागरिक भईसकेका छन्, । यद्यपी नेपाली प्रतिकाे माया मुटुदेखि उनको कहिल्यै हराएन् । )