काठमान्डौ । कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ।
यीसँगै आज (सोमबार) एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्। मन्त्रालयका अनुसार यी सबैकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैंमा परीक्षण गरिएकाे हाे।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ। सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ ।
रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।
बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।जसमध्ये ३३ जना उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।