काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कवितामार्फत व्यंग्य गरेका छन्।
केही समयअघि दुईवटा कविता लेखेर सार्वजनिक गरेका प्रधानमन्त्री ओलीलाई सांसद थापाले आजको प्रतिनिधिसभाको बैठकमा वाल कविता ‘म त भाग्यमानी’ लेखेका हुन्। यस्तो छ गगनको कविता
म त भाग्यमानी छैन
यहाँ देशको नक्सा मेटिएको
नत लिपुलेकलाई डोजरले रेटिएको
यस्तो सबल सरकार छ सिमा कस्ले मिच्ने
कोही छैनन् जोरी खोज्ने छैनन् कोही हेप्ने।
सयौँ कोस हिँड्दा पनि श्रमिक छैनन् आहात
गरिबलाई सम्मान छ सरकारबाट राहात
विदेशमा कोही पनि अलपत्र छैन
दुख पिडा सुनाउने ति नेपाली नै हैन।
जनताको बेथालाई ध्यान दिएर सुन्ने
कृषक साना व्यापारीको साह्रै मर्म बुझ्ने
भ्रष्टचारलाई नसहने सरकारको छ नीति
हावादारी हल्ला हुन ओम्नी र यती ।
सबै तिर वाहा वाहा यस्तो विकास देख्दा
पत्रकार नि दंग छन् यी समाचार लेख्दा
कोमल हृदयका प्रधानमन्त्री आँशु कवि हाम्रा
दिन नबिराई सृजना छ आहा कति राम्रा ।
राहात खोज्दै आउनेलाई तिनै गित दिउँला
गित कविता भट्याउँदै कालापानी जाउँला
सारा नेपाल हाँसेको छ मेचिकाली गाउँछ
आँशु आए बरु त्यही गीतले आउँछ।
यस्तो नायक गजबका ल्यायौँ जानीजानी
अहो हामी नेपाली त साह्रै भाग्यमानी
ओहो साह्रै भाग्यमानी मत साह्रै भाग्यमानी ।।