काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ ।
अहिले कर्णाली र सुदूपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका अनुसार आज पश्चिमका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
काठमाण्डौसहित अन्य ठाउँमा भने सामान्यदेखि मध्यम खालकाे वर्षा हुने उहाँले जानकारी दिनुभयो । यो प्रणाली पूर्वतिर सर्दै गरेको मौसमविद्ले बताएका छन् ।
मौसमविद्का अनुसार भोलि स्थानीय वायुको प्रभावका कारण काठमाण्डौसहित आसपासका जिल्लामा पानी पर्ने सम्भावना छ ।