– जनक थापा
तिमि वर्षीरहेकी छौ । म भिझीरहेको छु । फरक यत्ति हो । वर्षीने बादललाई थाहा छैन्,उ धर्तीको कुन् कुनालाई छपछप्ती रुजाई रहेछ । जस्तो तिम्रो यादले म रुजिरहेको छु । हरेक सजिव चिज बस्तुहरुको खास हुन्छ । र,अन्त्य पनि निश्चित हुन्छ । र, पो सम्भव भएको छ,‘पार्यावरणीय पारीस्थिती प्रणालीको चक्र ।’ पृथ्वीमा सजिव वस्तुहरु मात्र छैनन् । निर्जीवहरु पनि छन् । कुरा केहो भने सजिवलाई बाच्नको लागि संघर्ष गर्नु पर्छ । अन्यलाई पर्दैन् । मानव जाती पनि सजिव बस्तुहरुमा पर्र्ने एक समुह हो भन्ने धारणा वैज्ञानिक हिसाबले पनि प्रमाणित छ नै । संगै संसारका सारा चिज बस्तुहरुलाई आफ्नो नियन्त्रणमा राख्न सक्ने् भएकाले मानिसलाई सर्वश्रेष्ठ मान्न् सकिएको हो । त्यस कारण पनि हुन् सक्छ सायद मानवलाई बाँच्नका लागि अन्य प्राणी भन्दा तुलनात्मक हिसाबले सबै कुराहरुको बढी प्रयोग गर्नु पर्ने हुन्छ । भन्ने महिले बुझेको छु । आवाश्यकता र चाहना कसैका पनि सिमित हुँदैनन् ।मनले मागेका हजाराैं कुराहरु हाम्रो नियन्त्रण भन्दा सयाैं कोष टाढा हुन्छन् ।
भनिन्छ,‘‘मनले त जे पनि माग्छ, जे पनि गर्छ, जहाँ पनि जान्छ,‘तर मनलाई मष्तिक्सले लगाम लगाउनु पर्छ।’’ यस्तो पनि त हुन्छ । कम आवाश्यकता भएका बस्तुहरुका लागि मात्र लगाम लगाउने जो अपरिहार्य हुन्छन् । त्यस्ता कुराहरुलाई नियन्त्रण गर्न त पक्कै सकस हुन्छ । मैले जानेको वर्तमान समयमा माया पनि जिवन बाँच्न आवाश्यकताको विषय बन्न पुग्यो,अनि सुरु भएको थियो तिमि संगको प्रेम यात्रा । अपरीचित जस्तो लाग्ने प्रिय ! परीचित मान्छे के छ खबर । अनि कता छौ । भनन् कस्ती छौ । आज अन्यासै तिम्रो सम्झनाले मन पोल्यो । कारण तिम्रो अति मिलनसार साथी अनि मेरो शुभचिन्तक संग सामाजिक सञ्जालमा जोडिएकी रहेछौ ।
महिले तिम्रो फोटो देखे । मेरो पुरानो फेसबुक (अकाउन्टमा) आईडीमा गफ हुन्थ्यो । गफहरु भावुकता मुखी हुन् थाले । पछि २ वर्ष अगाडी नै (अनफेरन्ड)को लिस्टमा थपिएकी थियौ । यतिका समय पछि देखिएकी तिमि । त्यो पनि फेसबुकमा तिम्रो शारिरिक बनावटीमा भने् केही परिर्वतन साच्चै पाएको छु । तिम्रो मुहार मात्र के देखेको थिए समुन्द्री किनारमा आउने छालहरु झैं विगतका सारा तिता–मिठा घटनाहरु तिमि संग बिताएका पल, तिमि संगका म्यासेज (सन्देश), गफ, साथ र रातहरु झ–झल्ती सम्झीँए । सम्झीँए मेरो शरिरका प्रत्येक अंग प्रत्यगंमा बगेका तिम्रा माया रुपि शब्द सम्बोधनहरु । कोठा भित्रैबाट बाहीर संसार नियाले जहाँ जता हेरे पनि तिमि नै तिमि देख्छु । केवल तिम्रो मुहार अनि याद् हुन्छ,त केवल् । तिम्रो प्रिय नाम हत्यासिय र ओछ्यानमा पल्टीएको के थिए,‘यादहरु बढीरहने क्रममा याद भयो तिमिले दिएको डायरीको ।’
तत्काल उठे (ओछ्यान्बाट)र आफ्ना सबै पुराना शब्दरुपी किताब ओल्टाई–पल्टाई गरेर खोजे । अहँ भेट्टाईन् । डायरीमा थियो । मलाई सबै भन्दा मन् परेको तिमिले म प्रति सर्मपण गरी लेखिएको एक चिठी । तुरुन्त घरमा बहीनीलाई फोन् गरेँ । बाकसमा डायरी खोज्न लगाए । डायरी त भेट्टीयो तर,डायरी भित्र तिम्रो र मेरो सदरमुकाम (दैलेख सदरमुकाम) जाँदा त्यहाँको रमाईलो पलमा खिचेको फोटा पनि रहेछ । जुन् मलाई पत्तै थिएन् । बहीनीले घर परिवार सबैलाई देखाईछन् । महिले बहीनीलाई रिसायर डायरीमा भएको चिठी म्यासेन्जरमा पठाई मागें । कति सुन्दर अक्षर । डायरीको कुना–कुनामा मुटुका सुन्दर तस्वीर । र, त्यो भन्दा पनि प्रिय छन् तिम्रा शब्दका भावहरु ।।
यस्तो थियो तिमिद्धारा म प्रति लेखिएको चिठी :
२०७४ । ११ । २ गते
प्रिय जनक
मिठो सम्झना ।।।
वशन्त ऋतुको समय हो । यो सेतो कागजमा कालो रङ्गाउँदा सम्मको मिति सम्म सकुशल आराम छु । र हजुरलाई पनि आरामै होस भनेर मलाई जन्म दिने भगवान सँग प्राथना गरेको छु ।
जीन्दगी एक यात्रा हो । यो यात्रामा अघि बढीरहँदा तपाई सँग भेट भयो । केही मनका बहहरु साटा–साटा भए । अनी लाग्यो की तपाई जस्तो सभ्य पुरुष सँग भेट हुनु र जीवनलाई सँग सँगै अगाडि बढाउन् पाउनुमा मैले आफुलाई भाग्यमानी नारी सम्जिएको छु । भरियाको चौतारी, दिनदुःखीको घाउको मलम, स्तरअनुसारको मान सम्मान र माया अहिले समाज परिर्वतनको लागि आवज उठाउने तपाईका व्यक्तिगत विशेषताले आज धेरैले खुःसीको स्वास फेरिरहेका छन् । यस्तो पुरुषलाई आफ्नो जीवन साथी बनायर पुजा गर्न जो कोही नारीले तपस्या गरे पनि पाउन् सक्दैनन् । जसलाई मैले सजिलै पाएकी छु ।
तपाईको परिवारमा एक दासी बनायर राखीदिनुहोस । म हजुरको परिवारमा सँधै सबैलाई साईनो अनुसारकोा सर–सम्मान र माया दिने छु । र, एक कुशल पूरुषको आदर्श नारी बनेर परिचित हुने छु । प्रिय जनक ! मेरो यो सपनालाई अधुरो नबनाईदिनुहोस । अन्तिम र ठुलो चाहना पनि हो ।
तपाईको र मेरो सम्बन्धको बारेमा मेरो घर परिवारले थाहा पाईसकेको छ । केही गरी हाम्रो सम्बन्ध छुटाउने प्रयास गरेपनि मेरो जीन्दगी सदाका लागि समाप्त पारिदिने छु । कसैबाट यो समन्ध् तल माथि गराउने कोशिस भयो भने् तपाईको प्रिय सम्झना यो धर्तीबाट विदा भईसकेकी हुने छे । त्यही बेला ठुलो शाहस गर्नु है । आफुलाई समाल्न मेरो अन्तिम सासमा तपाईको मनबाट आएको हावा, अन्तिम हेराईमा अर्को जुनी सँगै रमाउने खुःसी, बलिरहेको चिता सँगै हुने साथी अनि सम्झना मात्र जनककी भन्ने प्रमाण जस्तै हुने छन् । बाँकी भेटमा है !
उही जनक की प्रिय
सम्झना
‘‘चिठी दोहो¥याई तेहे¥याई पढें । तर, यो थाहा छैन् की यादहरु मेटाउन् कस्तो किसिमको उपचार आवाश्यक हुन्छ । अँह ! थाहा छैन् । यतिका वर्ष पछि तिमिलाई किन् यती धेरै सम्झिरहेको छु । यीं र यस्ता प्रश्नहरु कती खेल्छन् खेल्छन् यो मनभरी । ‘‘भनिन्छ –प्रेम वियोग हुनेहरु कवि बन्छन् वा साहित्य तर्फ रुचि राख्छन् ।’’ साहित्य प्रेमि भएकै कारणले लेखेको थिय यसरी मुक्तक :
कहिल्यै भनिने छैन् तिमिले घात ग¥यौ
बरु भनन् जिवन कसरी सुरुवात ग¥यौ
बाँकी समयले प्रमाणीत गराउला के भनाैं
अल्ली–अल्ली खुःसीहरु पनि बर्बात ग¥यौ ….।।
म मान्छु भेट्टीनु, छुट्टीनु त प्रकृतिले दिएको सर्वमान्य संसारको कठोर कानुन हो । जुन कानुनको फन्दामा दूनियाले नचाहेर पनि पर्नु पर्ने हुन्छ । सम्बन्धमा दरार आउने अनेकौं स्थिती र परिस्थीति हुन्छन् । खास त्यो होईन् । खास यो हो की विछोड पछिको विगतलाई कुन रुपमा लिने जे भए पनि तिमि संगको प्रेम यात्रामा पुर्ण विराम लागि सकेपछि एउटा असल साथीको भुमिका निर्वाह गर्न चाहान्थे । त्यो सकिन् । सकिन् भन्दा पनि त्यो अवसर नै दिएनौ तिमिले मलाई । जेहोस तिम्रो बाँकी जीवनको प्रगतीको कामना सहितको शुभकामना दिएकै थिए । हो, प्रेम साँच्चै अन्धो हुन्छ भन्थे । मेरा लागि पनि त्यस्तै सावित भयो तिमि संगको सम्बन्ध आखिर टाढा हुनकै लागि हो भने किन गर्छ दुनियाँ मन साट्ने चेष्टा । यही प्रश्न जीन्दगी भर खोजाईको विषय बन्न पुगेको छ । तिमि विना बाँच्न सक्दीन् भनेर म किमार्थ झुट बोल्दीन् । म सजिलै बाँच्न सक्छु । प्रिय ! तिमि विना पन् ि। कुरा यती मात्र हो की जीवन् संग–संगै बिताउने सम्झौता बाट टाढा हुने चाहा थिएन् जुन तिमिले बाध्य बनाई दियौ ।
आखिर छोडी जानेहरुलाई भुल्नु बाहेक म सँग अर्को कुनै विकल्प पनि त थिएन् । तर, एक जिज्ञासा चाहीँ बाकी रहिरह्यो की तिमिले मेरो जीवन् सँग मागेको भविष्य जोडेको नौलो सम्बन्धमा पायौ की पाएनौ वा पाउछौ ? की पाउदैनौ यही कुरा मनमा कहीले कसो राख्दै तिमिलाई भुल्ने प्रयास गरिरहेको छु । यद्यपी कहिले कसो अतितले मन वल्जाईदिने रहेछ । कहिले कतै यादले पनि अलिक बढी हस्तक्षेत्र गर्दो रहेछ । त्यहीको न्यार्सो मेटाउन्का लागि केही अक्षरहरु मेख्न् मन लागेको हो । तिमिले सम्झीनुलाई गलत भने पनि भन् यसमा मेरो केही आपत्ती छैन्,अब त मेरो हक अधिकारीको कुरा पनि त हैननी है । एक मनले सोचे किन अर्कैको लागि दुई चार शब्द खेर फाल्नु, फेरी सोचे दिलबाट बसाईसरेर जानेहरुले दिल भित्र कुनै न कुनै अवशेष छोडेर जाँदारहेछन् । आज पराईको काखमा रमाईरहेकी तिमि कुनै बेला यो मनमा पनि सारा संसारका खुःसीहरुलाई तिलाञ्जली दिन तयार भएकी थियौ । तिमिले मरो बारेमा सोच्छौ वा सोच्दैनौ त्यो त महिले भन्न चाहीन् तर, तिमि यो दिलको कनै कुनामा अहिले सम्म पनि रहेछौ र पो कहीले कतै याद आउँदो रहेछ ।
यो अतितको कहानी यदी तिमिले पढीरहेकी छौ,भने विन्ती ‘हाम्रो विगतलाई सम्झेर एक थोपा आंःशु खसाल्न् पाउने छैनौ । किनकी हरेक घटनाहरुको सूरुवाती र अन्त्य एकै प्रकारको हुँदैन् । के गर्ने यादमा आउनेहरु भाग्यमा पनि आउने भईदिएको भए आज यस्ता अतितलाई सम्झीनु पर्ने कुनै तुक हूने थिएन् । गन्तव्य तय गरेर शूरु गरेको यात्रा बाट आफू खुःसी टाडीएकी तिमि जहिले खुःसी हुनु । प्रिय तिम्रो जीन्दगी सधैं हराभरा,खुःसीयालीमय बन्ने छ, भन्ने अपेक्षा गरेको छु । नत्र भने माया प्रेमको खेलमा तिमि पराजित भएको मानिने छ ।
कारण तिमिलाई कहील्यै हराउन चाहेन् । तिमि जति कमल छौ । त्यति नै कठोर पनि छौ । मलाई विश्वास छ,‘यी सारा विगतलाई रत्तीभर मनमा नराखी मन मुटूलाई अझ शसक्त बनाई आफु निरन्तर कर्ममा लागि रहने छौ । भेट होला नहोला । जहाँ जता जस्तो अवस्थामा भए पनि सदैभ खुःसी, शुःखी भएकोे सुन्न पाईरहुँ ।