काठमाडौं । भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक । शुक्रवार उद्घाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ ।
गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक तथा आसपासको क्षेत्र ।उक्त सडकको उद्घाटन भारतीय गृहमन्त्री अमित सिंहले अनलाइनका माध्यमबाट उद्घाटन गरेका हुन् ।
भारतले नेपाली भूमि लिपुलेकबाट चीनसितको नाका जोड्ने सडक निर्माण सकेर उद्घाटन गरे पनि सरकारलाई नत जानकारी छ नत स्थानीयस्तरमा यसबारे कुनै जानकारी नै छ ।
भारतको उक्त कदमप्रति साझा पार्टी, राष्ट्रिय प्रजान्त पार्टीले विरोध जनाउँदै नेपाल सरकारले यसप्रति वेवास्ता गर्नु खेदजनक भएको बताएका छन् ।
अझ साझा पार्टीले त भारत सरकारको लगातारका यस्ता कदम अन्तरराष्ट्रिय कानून विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको तथा त्यो स्पष्टत स् भारतले बारम्बार देखाउँदै आएको हेपाहा प्रवृत्तिको अर्को नमूना भएको बताएको छ । तस्वीर : रासस