पंखबहादुर शाही
दैलेख । दैलेखका सिमानाकामा आवत–जावतलाई पुर्ण रुपमा निषेध (सिल) गरिएको छ ।
कोरोना भाईरसको संक्रमण फैलिन सक्ने जोखिमलाई रोक्नका लागि जिल्लाका सिमानाकामा आवत–जावतलाई पुर्ण रुपमा बन्द गरिएको हो ।
जिल्ला सुरक्षा समितिको वैठक बसेर नै उक्त निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले सुचना सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको सुचनाका अनुसार जिल्लाका प्रमुख नाकाहरु, गुराँसे, राकम कर्णाली,सुयाडामा कडाई पारिने भएको हो ।
यस्तै एम्बुलेन्सलाई समेत कडाई पारिएको सहायक प्रमुख जिल्ल अधिकारी ईन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।
सिमानाकाहरुबाट आवत–जावत गर्ने एम्बुलेन्स एकजना कुरुवा मात्र राखेर सेवा सञ्चालन गर्नुपर्ने छ,’उनले भने् ।
एम्बुलेन्समा अन्य यात्रु राखेर ओसार–पोसार गर्ने कार्य गरिएको पाईय कानुन बमोजिक कार्बाही गरिने समेत क्षेत्रीले बताए ।