सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा संचालित त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस सुर्खेत क्याम्पस (शिक्षा)द्वारा अनलाइन कक्षा संचालन गरिएको छ । लामो समयसम्म जारी लकडाउनका कारण विद्यार्थीको पठनपाठनमा क्षति भएको भन्दै क्याम्पसले अनलाइन कक्षा संचालन गरेको हो ।
Zoom cloud मोबाईल एप्समार्फत अनलाईन कक्षा गरिने क्याम्पस प्रमुख भुपेन्द्र शाहीले जानकारि दिए । उनका अनुसार हाल स्नातकोत्तर तहका विद्यार्थीहरुका लागि विषयगत प्राध्यापकहरु मार्फत कक्षा संचालन भैरहेको छ ।
आगामी २५ गतेपछिको लकडाउन अवधिलाई मध्यनजर गरि स्नातक तहका कक्षा संचालन गरिने प्रमुख शाहीले बताए ।
साथै विद्यार्थीहरुले हालको लागि क्याम्पसबाट तोकिएका विषयगत प्राध्यापकहरुसंग सम्पर्क गरि कक्षामा सहभागी हुन क्याम्पस प्रमुख शाहीले आव्हान गरेका छन ।