दैलेख । कोरोना भाईरस अर्थात कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिएको छ । लकडाउनका कारण खाद्यान्नको अभाव हुन् नदिनका लागि दैलेखका स्थानीयतहहरुलाई खाद्यान्न लगायतका स्वास्थ्य सामाग्रीहरु विभिन्न निकायबाट सहयोग गरिने क्रम जारी छ ।
जोखिमलाई मध्यनजर गर्दै गैरसरकारी संघसंस्था, विभिन्न राजनैतिक दल, समाजसेवि व्यक्तिहरुले जतिसक्दो एकद्धार प्रर्णाली मार्फत सहयोग हस्तान्तरण गरेका हुन् ।
खाद्यान्न संकट कम गर्नका लागि नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति दैलेखले ५ ओटा स्थानीयतहलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।
चामुण्डाबिन्द्रासैनि, आठबीस, दुल्लू नगरपलिका तथा ठाटीकाँध गाउँपालिका र भैरबी गाउँपालिकालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो ।
काङ्ग्रेस महाधिवेसन प्रतिनिधि दिक्पाल कुमार शाही र नेपाली काङ्ग्रेका युवा नेता समाजसेवी बासुदेब शर्माको आर्थिक सहयोगमा ८ लाख बराबरको खाध्यान्न सामाग्री हस्तान्तरण गरिएको हो ।
काङ्ग्रेसले तेल, चामल, आयोडिन नुन् र हात धुने साबुन् लगायतका सामाग्री वितरण गरेको प्रेस युनियन दैलेखका सभापति भुपेन्द्र शाहीले जानकारी दिए ।
नेपाली काँग्रेस दैलेखको पहलमा काङ्गेस जिल्ला सभापति कृष्ण कुमार विसिले खाद्यान्न सामाग्री पालिकाहरुलाई हस्तान्तरण गरेका हुन् ।
विपदको समयमा सबै निकायको सहायोगले स्थानीयतहलाई थप राहत हुने स्थानीयतहहरुले बताएका छन् ।