पंखबहादुर शाही
दैलेख । कोभिड–१९ अर्थात कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउन गरिएको छ ।
कोरोना भाईरसबाट बच्नका लागि तिन ओटै तहका सरकाहरुले निकै जोडबल गरिरहेका छन् । हरेक विकास निर्माणका कामहरु राेकिएका छन भने बजार क्षेत्रहरु सुनसान अबस्थामा छन् । तर, दैलेखका ग्रामिण क्षेत्रका किसानहरु गहुँबाली भित्र्याउने काममा व्यस्त छन् ।
सरकारले तय गरेको सामाजिक दुरी, कोरोनाबाट बच्न अपनाउन पर्ने मापदण्डलाई पालना गर्दै किसानहरु खेतबारीमा काम गरिरहेका छन् भने कुनै, कुनै ठाउँहरुमा भौतिक निर्माणका कामहरु समेत भईरहेका छन् ।
चारैतिर गहुँका फाँटहरू पाकेर पहेँला भएपछि जिल्लाका किसानहरु पाकेको गहुँबाली भित्र्याउमा लागिपरेका हुन् ।
किसानहरूको खुःसीले मन गद्गद हुने बेलामा कोरोना र लकडाउनले सताएको भएपनि सतर्कता अपनाउँदै काम गर्ने गरेको ठाटीकाँध गाउँपालिका –१ सिराडीकी निर्मला शाहीले बताईन् ।
‘के गर्नु त हजुर ! खानै प¥यो, खानलाई बाँच्नलाई काम गर्नै प¥यो, कोरोनाको डर भए पनि काम नगरी त भएन’ उनले भनिन् ‘पाकेको गहुँ त काट्नै प¥यो ।’ ठाटीकाँध मात्र नभई जिल्लाका अधिकाँश ठाउँहरुमा किसानहरु आजभोली खेतबारीमा भेटिन्छन् ।
आफूहरूले सरकारलाई लकडाउनको पूर्ण सहयोग गरेको र अन्नबाली स्याहार्नु पर्ने भएकोले बाध्य भएर खेतमा आएको आठबीस नगरपालिकाका प्रेमप्रकाश शाहीले बताए । शाही नेपाली काङ्ग्रेसकाे पुर्वमहाधिवेशनका दैलेख प्रतिनिधि एमव नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य समेत हुन् ।
हिउँदमा यो पालि उचित बर्षा र असिनाले क्षति नगरेकाले गहुँ उत्पादनमा वृद्धि हुने देखिन्छ,’उनले भने ।
२०७५ सालमा त दैलेखका सबैजसो स्थानीयतहको गहुँबाली असिनाले नष्ट गरेको झलझली सम्जना आउँछ,’ उनले भने । कृषि विकास कार्यालय दैलेखका अनुसार जिल्लाको १३ हजार ६ सय ५० हेक्टर क्षेत्रफल जमिनका गहुँखेती गरिएको छ ।
कार्यालयका प्रमुख तिलक पाण्डेले किसानहरुले नियमित गर्ने कामहरु गरिरहेको बताए । ‘हामीले सबै स्थानीयतह सँग समन्वयन गरिरहेका छौँ ,‘उनले भने लकडाउनका कारण गहुँ काट्न र भण्डारण रोकिने सम्भावान छैन् ।’
केही जिल्ला बाहीरबाट आउने निर्माणका कामहरु रोकिएपनि कृषिमा खास्सै समस्या नदेखिएको पाण्डेले बताए ।’
दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले किसानहरुले दुरी कायम राखेर खेतबारीमा काम गरिरहेको बताए ।हामीले कोरोना भाईरसबारे विभिन्न चेतनामुलक कामहरु गरिरहेका छौँ,’उनल भने,त्यही अनुसार किसानले आफ्नो नियमित कामकाजहरु सरकारले तोकेको मापदण्ड अनुसार गरिरहनुभएको छ ।’
दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी ईन्द्रबहादुर क्षत्रिले दुरी कायम गरेर कामकाज गर्न केन्द्रबाटनै परिपत्र आएकाले अत्यावश्यक कामहरु नरोकिएको बताए ।
‘हामीले पनि सबै स्थानीयतहहरुलाई त्यहि अनुसारको परिपत्र गरेका छौँ,’उनले भने । तर, काम गर्ने जाँदा मास्क,सेनिटाईजर लगायतको प्रयोग गर्नुपर्ने हुन्छ ,’सहायक जिल्ला अधिकारी क्षत्रिले भने ।
भौतिक संरचनाका काम पनि धमाधम !
५ बर्षअघि देखि अलपत्र परेको दैलेख–अछाम जोड्ने मितेरी पुलको काम यतिबेला पनि धमाधम भईरहेको छ ।
आठबीस नगरपालिका अन्तर्गत राकम कर्णाली र अछामको पञ्चदेवल विनायक नगरपालिका जोड्ने यो पुल ५ बर्ष अघि देखि अलपत्र परेको थियो । गत माघ अन्तिम सातादेखि फाउण्डेसन बदलेर पुन ः काम शुरु भएको हो ।
साढे १३ करोड लागत रहेको यो पुल ६ मिटर चौडा र १ सय २५ मिटर लम्बाईको डिजाईनमा निर्माण हुँदैछ ।
सामाजिक दुरी कायम राखेर थोरै जनाले मात्र काम गरिरहेको निर्माण कम्पनीको जिम्मा पाएको कुमार श्रेष्ठ÷राजेन्द्र जेभि निर्माण सेवाका प्रतिनिधि भिमकान्त पन्थीले बताए ।
यस्तो अबस्थामा पनि कर्णाली नदी किनारमा काम धमाधम चल्दा स्थानीयमा केही आशा जगाएको स्थानीय रमेशजँग थापाले बताए । आठबीस नगरपालिका –३ को वडा कार्यालयको भवन निर्माणको काम पनि तिव्र गतिमा भईरहेको छ ।
नगरपालिकाका रु.३९ लाख लागतमा निर्माण हुन लागेको वडा कार्यालयको भवनमा हाल ५ जना जतिले काम गरिहरको छन्,’वडा अध्यक्ष प्रयागबहादुर शाहीले भने ,‘एकान्त पनि भएको र शुरु देखि काम गरिरहेका मजदुरले काम गरिरहेका छन् । निर्माणको काम गत मंसिरदेखि शुरु भएको उनले बताए ।
यस्तै वडा नं.–१ मा रहेको भानु आधारभुत विद्यालयको तिनकोठे भवन र महाबु गाउँपालिका–५ गडिगाउँ स्थित पिलडाँडा आधारभुत विद्यालयको २ कोठे भवनको काम लगायत अन्य ठाउँहरुमा पनि काम भईरहेको छ ।