दैलेख (महाबु) । गिताचौर गाउँ पूर्ण रुपमा गाउँ प्रबेश गर्न निषेध गरिएको छ । कोरोना संक्रमण हुनबाट जोगिन दैलेखको महाबु गाउँपालिका ४ मा पर्ने उक्त गाउँमा प्रबेश निषेध गरिएको हो ।
लकडाउनको कारण गाउँमा रहेका स्थानीय शिक्षक, रास्ट्रसेवक कर्मचारी, पूर्व कर्मचारी र समाजसेवीहरुलाई गाउँका प्रमुख सीमानाकाहरुमा खटाईएको छ ।
आज शुक्रबार बसेको गाउँभेलाले उनिहरुलाई सरकारले यसअघी तोकेको १० बुदे निर्देशनको आधारमा कामकार्वाही गर्न अनुरोध गरिएको आजै गठित कोरोना संक्रमण नियन्त्रण व्यवस्थापन समितिका संयोजक दल बहादुर सिंहले बताए ।
उनका अनुसार ३१ जनालाई सीमानाकामा आलोपालो गरि खटाईएको छ ।
साथै गाउँमा अवागमन गर्न वडाअध्यक्ष वा समबन्धित निकायको सिफारिस अनिवार्य गरिएको छ ।