दैलेख । दैलेखको आठबीस नगरपालिकाका कार्यपालिका सदस्य गम्भिर विकको ट्याक्टर दुर्घटना हुँदा ८ जना बालबालिका घाईते भएका छन् ।
कर्णाली प्रदेश ०२००१ त ००५९ नम्बरको उक्त ट्याक्टर नगरपालिकाको वडा–१ सात्तला झुँजको धनबीरे गडा नजिक सोमबार दिउँसो करिब ४ः३० बजेतिर दुर्घटना भएको हो ।
दुर्घटना हुँदा ६ जना बालकहरु ११ बर्षिय निराजन रावत, १२ बर्षिय खगेन्द्र नेपाली, १० बर्षीय कुशुम नेपाली, १०बर्षिय नवीन नेपाली, १२ बर्षिय नमराज नेपाली र ८ बर्षिय हिम नेपाली ११ बर्षिय जीवन बिक र १८ बर्षिय महेन्द्र बिक घाइते भएका छन् ।
घाईते मध्ये ६ जनालाई कर्णाली प्रदेश अस्पताल रिफर गरिएको वडा अध्यक्ष पर्बसिंह विश्वकर्माले जानकारी दिए । उनीहरुलाई केही समय अघि ३ जनालाई ठाटीकाँध गाउँपालिकाको एम्बुलेन्समा र ३ जनालाई आठबीस नगरपालिकाको बोलेरोमा पठाईएको छ,’उनले भने ।
२ जनालाई गाडी नहुँदा सात्तला स्वास्थ्य चौकीमा प्राथमिक उपचार भैरहेको छ । उनीहरुलाई सुर्खेत पठाउनको लागि गाडी नहुँदा समस्या भएकोले यहि राखिएको छ । केही बेरमै पठाउने तयारी छ ।
गाडी मालिक / नगरकार्यपालिका सदस्य गम्भिर विकका अनुसार वडा भित्र रहेको भानु आधारभुत विद्यालयको भवन निर्माणका लागि चिनेमाेरा खाेला देखि ढुवानी गरेर बालुवा विद्यालयमा फालेर फर्किने क्रममा ट्याक्टर दुर्घटना भएको हो ।

विद्यालयको तिनकोठे भवनको निर्माण काम भईरहेको छ, अहिले तिनचार जनाले मात्र काम गरिरहेका छन् । महिले नै कसैसँग भेट नगरेर कसैलाई जानकारी नगराएरनै वालुवा ढुवानी गर्न भनेको थिय,’उनले भने ,‘यस्तो होला भनेर सोचिएन् ।
वालुवा विद्यालयमा फालेर ट्याक्टर फर्किदा बालबालिका पछाडीबाट ट्याक्टरमा चढेका थिए । वडा भित्रकै काम भएकाले सजिलो होला भनेर काम गर्न सुजाएको उनले बताए । ट्याक्टर सडकदेखि करिब १ सय मिटर तल खोल्सामा खसेको छ,भने गाडी चालक लोकेन्द्र थापा अहिले फरार छन्।
वडामा मोटरसाईकल समेत बन्द गराएका छौँ : वडा अध्यक्ष
विश्वभर महामारीको रुप लिएको कोभिड–१९ अर्थात कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिएको छ । हामीले उच्च सतर्कता अपनाउनका लागि वडामा मोटरसाईकल समेत बन्द गराएका छौँ ,’वडा अध्यक्ष पर्बसिंह विश्वकर्माले भने, वडाका कुनै पनि आयोजनाको काम नगर्न आग्रह गरिएको थियो, तर,उहाँहरुले मान्नुभएन ।