दैलेख । दैलेखको दुल्लु नगरपालिकाले कालोबजारी रोक्नका लागि सोमबार देखि बजार अनुगमन शुरु गरेको छ ।
लकडाउनको समयमा व्यापारीले दैनिक उपभोग्य सामानमा मुल्य वृद्वि गरी जनतालाई महङ्गो मुल्यमा बेच्न नपाउन् र गोदाममा सामान राखेर जनतालाई उपलब्ध नगराउने कुरालाई रोक्नका बजार अनुगमन गरिएको नगरपालिकाले जनाएको छ ।
अनुगमनका लागि नगरपालिकाले २ वटा समिति गठन गरेको छ,’नगरप्रमुख घनश्याम भण्डारीले भने,‘ समितिले पसलमा उपलब्ध सामानको अबस्था र मूल्य सुचिका वारेमा अनुगमन गर्ने छ ।
नगरपालिकाका अधिकृत शमशेर शाही र कृष्णा न्यौपानेको संयोजकत्वमा कृषि र पशु विकास शाखाका कर्मचारी र ईलाका प्रहरी कार्यालय दुल्लूका प्रहरी रहने गरी २ वटा समिति गठन गरी सोमबारबाट बजार अनुगमनलाई तिव्र पारिएको भण्डारीले जानकरी दिए ।
समितिले सोमबार मात्रै नगरपालिकाको वडा नं.– १,२,४,१३ र १२ को बजार क्षेत्र अनुगमन गरेको छ ।