सुर्खेत । विश्व यतिबेला कोरोनाको महामारीबाट आक्रान्त भइरहेको छ । यति बेला देश लकडाउनमा छ । देश लकडाउनमा भएको बेलामा व्यापार व्यावसाय लगायतका हरेक पेशाहरु ठप्प छ ।
वीरेन्द्रनगर नगरपालिका –१ टेम्पोपार्कमा अव्यवस्थित राधाकृष्ण ट्रेडसका संचालक समाजसेवी युवा व्यावसायि दिनेश खत्रीले लकडाउनको कारण आफ्नो घरमा बस्नेहरु देखि काडा नलिने बताएका छन् ।
घरमा बस्ने २ ट्रेलर व्यापारीबाट १ महिनाको भाडा नलिने उनले बताएका छन् । । खत्रिले, अरु घरबेटिलाइ समेत दैनिक ज्याला मजदुरी गरेर खानेहरुलाई हातमुख जोर्न समस्या भएको अवस्थामा अवस्था हेरी घरभाडामा सहुलियत दिन आग्रह गरे ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध विभिन्न ब्यावसायी ,संघ संस्था, स्थानीय तहले गरेको सहयोगले आम नागरिकलाई सहज हुने उनले बताए ।
अहिलेको यस्तो आपतकालिन अवस्थामा आमनागरिक अतिआवश्यक काम बाहेक बाहिर ननिस्कन समेत अनुरोध गरे ।