दैलेख । आईतबार नेपाली काङ्ग्रेस नगर कार्य समिति दुल्लूले दुल्लु नगरपालिका–२ को क्वारेन्टाईनमा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।
काङ्ग्रेसले ३० केजी चामल दाल तरकारी नुन तेल लगायतका सामग्री गरी करिब तीन हजार बराबरको सामाग्री हस्तान्तरण गरेको नेपाली काङ्ग्रेस नगर कार्य समिति दुल्लुले जनाएको छ ।
दुल्लु नपाका सबै वडामा रहेका क्वारेन्टाईनमा मानिसहरू बस्न आएमा थप सामाग्री प्रदान गरिने नेपाली काङ्ग्रेस दुल्लुका सभापति टंक रिमालले जानकारी दिए ।
सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली काङ्ग्रेस दैलेख क्षेत्र नं–२ का सभापति घनश्याम भण्डारी वडा नं ७ का वडा अध्यक्ष लाल बहादुर रावत सहितको उपस्थिति रहेको थियो ।
विश्व संकटमा परिरहेका समयमा क्वारेन्टाईनमा बसेका मानिसहरुलाई खाद्यान्नको अभाव देखिएकोले सो समस्यालाई समाधान गर्न केही हद सम्म सहयोग पुग्ने उद्देश्यका साथ सामग्री हस्तान्तरण गरिएको क्षेत्रिय सभापति भण्डारीले बताए ।