श्री, सम्माननिय प्रधानमन्त्री ज्यु !
सम्माननी प्रधानमन्त्री ज्यु, तपाईंलाई अवगत भएकै कुरा हो । ‘हामी आफ्नो जहान परिवार पाल्नलाई मात्र विदेशीयका होईनौँ ।’ हजुरहरु जस्ता सयौं नेताज्युहरु पनि मेहनतको पसिना पियर बाच्नुभएको छ ।
म जस्तै लाखौँ युवाहरुले खाडिको ५५ डिग्रीको घाममा हड्डिले ढुङ्गा फोर्दै बेल्चाले रोडमा माटो सोर्दै कमायको पैसा पठाएर बिप्रेषणले देश धानेको कुरा हजुरहरुलाई थाहा नभएको पनि हैन् ।
‘अहिलेको यो संकटको बेला हामी मारमा छौँ ।’ हामीले गर्ने सबै काम बन्द भएपछि साहुले पैसा नदियर कोहि कतै कोहि कतै छट्पटीनु परेको छ । बाच्नको लागि कोहि महाकाली तर्दै छन त कोहि बौडरमा अनि कोहि भारतको विभिन्न ठाउमा छट्पटीदै नेपाल सरकारलाई गुहार्दै छन् ।
तर, त्यो आवाज हजुर सम्म नपुगेको हो वा हजुरले हाम्रो अधिकार हनन गर्न खोज्नुभएको हो ? अव हामी प्रश्न गर्न चाहन्छौँ प्रधानमन्त्री ज्यु !
नेपाल हाम्रो घर हो र हामी जहिले जहाँ भयपनी आफ्नो घरमा आउँन पाउनु पर्छ ।
नेपालका सबै नागरिक बराबर हैनन र प्र.म ज्यु । चिनका बसेका नेपाली नागरिक नेपाल ल्याउन सक्नु भयो के भारत लगायतका अन्य देशमा रहेका नेपाली नागरि होईनन र ।
कित वास्ता गर्नुभएन् । यो कुरामा हामी निकै दुखि छौँ । र,अव हाम्रो पनि छिटो भन्दा छिटो उद्धार हु्ने छ भन्ने आशामा म लगाएत भारत रहनुहुने मेरा साथिहरु हुनुहुन्छ ।
बाच्ने आशा कसलाई हुदैन र प्र.म ज्यु ?
हामी बाचे त पुन ; देश बनाउन लागौला मरे पनि आफ्नै देशमा मर्ने रहर छ । संकटमा सरकारले रक्षा नगरे कस्ले गर्ने फेरि संकटमा चाईने पनि त आफ्नै देश हो ।
त्यसैले हामीलाई स्वास रहुन्जेल आफ्नै देशमा आउने वातावरण मिलाईदिनुहुन अनुरोध छ ।
ईन्द्र थापा हाल भारतबाट ।