दैलेख । दैलेखकाे ठाटीकाँध गाउँपालिकामा क्वारेन्टाइन निर्माणका लागि सामग्री लिएर गएको मिनिट्रक दुर्घटनामा परेको छ ।
गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन भारत लगाएत तेस्रो मुलुकबाट आएका व्यक्तिहरुलाई राख्न क्वारेन्टाइन निर्माण गर्न आवश्यक सामग्री खरिद गरि लैजान लागेको थियो ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट सामग्री लिएर दैलेखको ठाटीकाँध गाउँपालिका तर्फ गईरहेको भे १ ख २७३० नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो ।
ट्रक दुल्लु नगरपालिका वडा नम्बर ३ सियालामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दुर्घटनामा परी चालक सहित चार जना घाइते भएका छन् ।
चालक ठाटीकाँध गाउँपालिका–१ का २३ बर्षीया सागर शाही, दुल्लु नगरपालिका–२ का २२ बर्षीया लक्ष्मी थापा, सोहि ठाउँकी १७ बर्षीया रमिला थापा र सिंजा गाउँपालिका–६ जुम्लाका १८ बर्षीया कर्णबहादुर बुढा रहेको प्रहरीले जनाएको छ ।
घाइते चारै जनालाई उपचारका लागि सुर्खेत पठाईएको प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर ओलीले जानकारी दिए । हिक्मत नेपाली, ज्वाला शन्देश