काठमाण्डौ । विश्वव्यापी रुपमा महामारीको रुप लिएको (कोभिड–१९) कोरोना भाईरसले गर्दा आजभोली गाउँबस्ती सुनसानिएका छन् । यस्को उच्च सतर्कता अपनाउनका लागि नेपालमा लकडाउन गरिएको छ ।
जसले गर्दा विकास निर्माण देखि प्रत्यक्ष किसानहरुको दैनिकीमा समेत प्रभाव परेको छ । तर, सरकारले कृषकहरुलाई नआत्तिइकन ढुक्क भएर खेतिपाती गर्न आग्रह गरेको छ ।
कोभिड-१९ को जोखिम बढेकाले खेतिपाती गर्न अन्यौल भएकाले बढेको पाइएको भन्दै स्वास्थ्य मन्त्रालालयले ढुक्क भएर खेतिपाती गर्न आग्रह गरेको हो ।
तर खेतिपाती गर्दा वा गाईवस्तु चराउँदा मानिस मानिसबीचको दूरी भने कायम राख्न मन्त्रालयले आग्रह गरेको छ ।
मंगलबार नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले कम्तीमा पनि ३ फिटको दूरी कायम गरी गाउँ घरमा हुने कामलाई नियमित गर्न आग्रह गरे ।