दैलेख । (कोभिड–१९) कोरोना भाईरसबाट सजक रहन आग्रह गर्दै नेपाली काँग्रेस ठाटीकाँधले ६ ओटै वडामा रहेका स्वास्थ्य संस्थाहरुमा हातधुने साबुन र भाँडा (ड्रम) निशुल्क वितरण गरेको छ।
प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा एक पानी भर्ने भाँडा (ड्रम), नौ ओटा हातधुने साबुन्, प्रहरी चौकी ठाटीकाँधमा एक ड्रम साबुन, र प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थामा १/१ ओटा ड्रम र आधा दर्जन हातधुने साबुन वितरण गरिएको ठाटीकाँध गाउँकार्यसमतिका सभापति नाम बहादुर शाहीले जानकारी दिए ।
यस्तै ठाटीकाँध गाउँपालिकाको कार्यालयमा पनि एउटा ड्रम र आधा दर्जन साबुन वितरण गरिएको छ , ’ भने ठाटीकाँध बजारमा पालिका भन्दा बाहिरबाट आएकाहरुलाई केही थान मास्क समेत वितरण गरिएको सभापति शाहीले बताए ।
‘शाहीका अनुसार ठाटीकाँधमा मास्क अभाव भएकाले २० ओटा जति मास्क वितरण गएिको छ ।
काँग्रेसले गाउँ/ गाउँमा गयर कोरोना बाट बच्न का लागि उच्च सतर्कता अपनाउन नागरिकलाइ ‘माईकिङ्’ मार्तफत जनचेतना समेत गराएकाे छ ।