दैलेख । दैलेखबाट नमुना परिक्षणको लागि काठमाडौँ पठाईएका दुईजनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।
आठबीस नगरपालिका –४ राकम कर्णाली स्वास्थ्य चौकीमा उपचार गरिरहेको ती बिरामीको रिपोर्ट नेगेटिभ आएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।
कोरोनाको आशंका गरिएका ति दुई जनाको सोप स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र स्वास्थ्य सेवा कार्यालय दैलेखको ल्यावको टोली राकम कर्णालीमै पुगेर नमुना संकलन गरी परीक्षणका लागि काठमाडौँ पठाईएको थियो ।
अहिले उनीहरुको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको बताईएको छ ।