पंखबहादुर शाही
दैलेख । भारतबाट घर फर्किएका दैलेखका ६० जनालाई सुर्खेतको एक होटलमा राखिएको छ ।
भारतमा (कोभिड–१९) कोरोनाको सन्त्रास फैलिएपछि घर फर्किएका उनीहरुलाई नेपाली सेना र प्रदेश सरकारको रोहबरमा वीरेन्द्रनगरको होटेल अशोकमा राखिएको हो ।
६० जना मध्ये करिब २८ जना जति दैलेखको चामुण्डाबिन्द्रासैनि नगरपालिकाकाे मात्र रहेका छन् । अरु गुराँस गाउँपालिका र अन्य ठाउँको पनि रहेका छन् ।
जनस्वास्थ्य कार्यालय सुर्खेतका बरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले सबैको स्वास्थ्य परिक्षण गरिएको जानकारी दिए ।
‘उनीहरुको स्वास्थ्यमा कुनै प्रकारको लक्षण नभेटिएपछि सम्बन्धीत पालिकामा पठाईदिने भनेका थियौँ,’ गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीलाई हामीले सम्पर्क गर्दा लिन नसक्ने बताएपछि यही व्यवस्थापन गरिएको हो,’वाग्लेले भने ।’
“वाग्लेका अनुसार पहिले देखि होटेल अशोकमा राखिएकोले उनीहरुलाई १४ दिन सम्म यही नै राखिने भएको हो । उनीहरुको नियमित चेकजाँच र निशुःल्क खानपीनको व्यवस्थापन गरिएको छ । ”
चामुण्डाबिन्द्रासैनि नगरपालिकाका नगर उप–प्रमुख तारा शाही (खत्रि)ले आफ्नो पालिकामा ‘क्वारेन्टाईन’ स्थापना गर्न अझै ३/४ दिन लाग्ने भएकाले सुर्खेतमै व्यवस्थापन गर्न लगाएको बताईन् ।
“हाम्रो सुर्खेतमा नन्द्रप्रसाद सर भन्ने मान्छे हुनुहुन्छ,’ उहाँले कुराकानी पनि गर्नुभएको थियो,’उहाँले व्यवस्थापन गर्दै हुनुहुन्छ होला सुर्खेत मै ,’ उनले भनिन् ‘राखिसकेपछि गुणस्तरि सेवा पनि दिनपर्छ भन्ने महिले सुझाव पनि दिएको छु ।”
यता गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले भने सहकार्यमा नै राख्न लगाएर आफु पालिकामा फर्किएको जनाए ।
गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका उनीहरुको त्यहाँ पनि स्वास्थ्य चेकजाँच गरेर नेपाल प्रहरीले दुई ओटा बसमा राखेर शनिबार बेलुकी ६ बजेतिर पठाएको थियो ।
आईतबार बिहान सुर्खेत आईपुगेको भारतबाट घर फर्किएका चामुण्डाबिन्द्रासैनि–५ का आसाराम धमालाले बताए । दुई बसमा आएका उनीहरु भारतको नैनिताल, हल्दुवानी र अलमोडा देखि आएका हुन् । ‘उनीहरु सबै युवाहरु मात्र छन् ।’