पंखबहादुर शाही
दैलेख । विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाईरसले गर्दा यतिबेला जनताहरु त्रासमा छन् । दैलेखमा केही स्थानीयतहहरुले जतिसक्दो कोरोनाबाट बच्नका लागि ‘क्वारेन्टाईन’ स्थापना गर्नुका साथै ‘हेल्थ डेस्क’ पनि स्थापना गरेका छन्,’ भने केही स्थानीय तह व्यवस्थापनमा लागिपरेका छन् ।
अहिले शहर भन्दा गाउँमा धेरै त्रास फैलिएको जनगुनासो आउन थालेपछि पश्चिममा पर्ने आठबीस नगरपालिकाले लगत संकलन गर्न लागेको छ् । भारत र अन्य मुलकबाट आयका व्यक्तिहरुलाई आफ्नो घरमै बस्न आग्रह गर्दै पालिकाका सबै वडातहहरुमा ‘माईकिङ्’ गर्न थालिएको छ् ।
विदेशीयका युवाहरु सुदुरपश्चिम प्रदेशको कैलालीको चिसापानी कर्णालीको तिर पदमार्ग हुँदै ठूलो संख्यामा गाउँमा भित्रिएको सुचना पाईएपछि बिहीबारदेखि टोल–टोलमा गयर ‘माईकिङ्’ गर्न लागेको हो ।

उनीहरूमा कोरोना संक्रमण हुन सक्ने भन्दै गाउँ–गाउँमा त्रास फैलिएपछि उनीहरुलाई घर बस्न र लक्षण देखिए स्वास्थ्य संस्थामा आउनका लागि ‘माईकिङ्’ गर्न लागिएको आठबीस नगरपालिकाका नगर प्रमुख खड्गराज उपाध्यायले बताए ।
‘स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सिनाको नेतृत्वमा बिहीबारदेखि समुह बनाई सबै वडामा टोलि खटाईएको छ,’उनले भने् ।’
स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले भने–‘‘भारतबाट घर आएका १२० जनाको बिहीबार अभियानकै क्रममा लगत संकलन गरिएको छ् । उनीहरुलाई आफ्नै घरमा बस्न आग्रह गरेका छौ ।’’
लक्षण देखा परेमा आठबीसका सबै वडाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको र सम्बन्धीत ठाउँमा गयर नै स्वास्थ्य परीक्षण गरिने छ् ।
संक्रमण देखा परे राकम कर्णालीमा स्थापना गरिएको ‘क्वारेन्टाईनमा’ राखिने छ्,’उनले भने् । पालिकाका सबै वडामा पुगेर ‘माईकिङ्’ बाट जनचेतना दिने बाहिरबाट आएको सूचना पाए घरमै पुगेर लगत संकलन गरिने छ ।
त्यहि क्रममा उनीहरुको स्वास्थ्य परीक्षण गरिने र संका लागेमा स्वास्थ्य संस्थामा रिफर गरिने छ् । स्वास्थ्य शाखा प्रमुख तिमिल्सिनाका अनुसार सबै नागरिकहरुलाई घरबाट बाहिर नआउन सुझाव दिने गरिएको र साबुनपानीले हात धुन सिकाउने लगाएतका क्रियाकलापका बारेमा जानकारी गराईएको छ् ।
‘हामी अव प्रत्येक दिन यही अभियानमा खटिने छौं,’ नागरिकलाई ‘माईकिङ ’ ध्यान दिन अनु्रोध गर्दै घरको बसाईलाई सुरक्षित र सरसफाई बनार्य राखिदिन सुझाव दिने छौँ ।’
एकै दिन १२० जनाको लगत संकलन
बिहीबार पहिलो दिनमै ‘माइकिङ्’ को क्रममा वडा नं.–२,४,३ मा गरी १२० जना भारत बाट घर आएकाहरुलाई जनचेतना फैलाउन खटिएको टोलिले आफ्नै घरमा बसेको सुचनाका आधारमा लगत संकलन गरेको छ् ।
उनीहरूलाई घरमै बस्न सुझाव दिएको र कुनै त्यस्तो कुनै लक्षण भएको महसुस भए स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सम्पर्कमा आउन अनुरोध गरिएको स्वास्थ्य प्रमुख तिमिल्सिनाले बताए ।
सबैभन्दा धेरै वडा नं–२ मा ६० जना ४ मा ४८जना र ३मा १२ जना भारत बाट आएकाहरुको पुष्टि गरी लगत संकलन गरिएको हो । उनले भने् –‘अरु वडामा पनि यो संख्या उच्च देखिने देखिन्छ । त्यो कार्यमा हामी लागेका छौँ ।’
यस्तै ठाटीकाँध गाउँपालिकामा पनि भारतलगायतका मुलुकबाट आउनेहरुको सँख्या बढेकोले गाउँमा भएका नागरिकमा त्रास फैलिएको छ ।
ठाउँ–ठाउँमा क्वारेन्टाईन्
भारत वा तेस्रो मुलुकबाट घर फर्केका लागि नारायण क्याम्पसमा १०० शय्याको क्वारेन्टाईन बनाईदै छ ।
जिल्ला अस्पताल दैलेखमा १५ शय्या दुल्लू नगरपालिकामा ५ शय्या ,महाबु गाउँपालिका ५ शय्या र भगवतीमाई गाउँपालिकामा ५ शय्याका आईसोलेसन वेड तयार पारिएको छ ।
यस्तै अरु स्थानीयतहमा पनि क्वारेन्टाईन स्थापना गर्न लागिएको बताईएको छ् ।
१० जनामा ज्वरो !
जिल्लाका चार स्थानीय तहमा १० जनामा ज्वरो देखिएको छ । ज्वरोका विरामीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आएपछि निगरानीमा राखिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए ।
ज्वरो देखिनेमा भारतबाट फर्किएकाहरु र गाउँमै बसेकाहरुमा देखिएको हो । अहिले स्वास्थ्यकर्मीहरु परिचालन गरी विरामीहरुको हेरचार गरिएको छ । भगवतीमाई गाउँपालिकामा ५ जना, दुल्लु नगरपालिकामा २ जना, आठविस नगरपालिकामा २ जना र नौमुले गाउँपालिकामा १ जनालाई ज्वरो देखिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निराजन पन्तले बताए ।
कोरोना भाइरसले नागरिकहरु असुरक्षा महशुस गरेका बेला त्यस्तै लक्षण देखिएपछि दैलेखमा सुरक्षित रुपमा उपचार प्रवन्ध मिलाइएको छ। ‘नौमुले र अन्य पालिकामा केही विरामीमा ज्वरो घट्दै गएको छ ।’
‘थकान वा अन्य कारणले पनि ज्वरो आएको हुन सक्छ,’ प्रमुख जिल्ला अधिकारी कटेलले भने । उनीहरुको अवस्था हेरेर थप उपचारको व्यवस्था मिलाउँदैछौं ।’
अहिले जिल्लाको जिल्ला अस्पताल, नारायण क्याम्पस, दुल्लु अस्पतालर सरस्वती माध्यमिक विद्यालयमा निर्माण गरिएको आइसोलेसन र क्यारेन्टाइन प्रयोग गर्ने तयारी भईरहेको छ ।
अन्य मुलुकबाट आएका व्यक्तिहरुको अन्तिम पहिचान भईरहेको र ती व्यक्तिहरुलाई विभिन्न ठाउँमा बनाइएको क्यारेन्टाइनमा राखिने तयारी भएको दैलेखका प्रहरी प्रमुख (डिएसपी) हरिबहादुर ओलीले बताए ।