दैलेख । दैलेखकाे दुल्लु नगरपालिकामा रहेको दुल्लु अस्पतालमा स्थापना गरिएकाे ‘हेल्थ डेस्क’मा बुधबार चेकजाँच गराइँदै । तस्वीर :
बुधबार मात्र करिब ५० भन्दा धेरैले स्वास्थ्य चेकजाँच गराएको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले बताए ।
यस्तै आवाश्यक्ताका आधारमा नगरमा भएका अरु स्वास्थ्य संस्थामा पनि ‘हेल्थ डेस्क’ राखिने भण्डारीले बताए ।
”दुल्लुमा कोरोनाको उच्च सतर्कता अपनाईएको छ । दुल्लु अस्पतालमा अत्यावश्यक सेवाहरु सञ्चालनमै छन् । सामान्य केही संका लागेपछि नागरिकहरुले अस्पतालमा आएर चेकजाँच गर्ने गरेका छन् ।”
लकडाउनको दोस्रो दिनमा सुनसान बनेको दुल्लु बजार । तस्वीर :
याे पनि पढ्नुहाेस :
दुल्लू नगरपालिकाले आइसुलेशन वार्ड र क्वारेन्टाइन निर्माण गरेको छ । नगरपालिकाको दुल्लू अस्पातलमा ५ बेडको आइसुलेशन वार्ड निर्माण गरिएको छ भने नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किर्तिखम्बमा ५० बेडको क्वारेन्टाइन स्थापना गरिएको छ ।
कोराना भाइरस (कोभिड(१९) प्रतिकार्य योजना अर्न्तगत सम्भावित जोखिमलाइ मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको छ भने एम्बुलेन्स र स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको छ ।
देशभर लक डाउन भएसँगै दुल्लू बजार पूर्णरूपमा बन्द गरिएको छ्न ।