सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लक डाउन अवज्ञा गरेकाे भन्दै २ युवालाई नियन्त्रणमा लिएको छ ।
बिहानै ‘लक–डाउन’ निर्देशन मान्न भन्दै आग्रह गरेका थियौं । सोही समयमा प्रहरीले गरिरहेको काममा अवरोध पुर्याउन खोज्ने २ जनालाई हामीले नियन्त्रणमा लिएका छौं,’ प्रहरी निरीक्षक गोपाल रायमाझीले भने, ‘यसका अलावा २१ जनालाई सम्झाइबुझाई छोडिएको र ३७ वटा स्कुटी तथा मोटरसाइकलको साँचो होल्ड गरेका छौं ।’
पक्राउ परेका युवालाई साँझ छाडिने उनले बताए । प्रहरीले पक्राउ परेका युवाको नाम सार्वजनिक गरेको छैन । कोरोना भाइरसको संक्रमण फैलिन नदिने सरकारले मंगलवारदेखि देशभर लक–डाउन आदेश जारी गरेको छ ।