काठमाडाैं । कोरोना संक्रमित युवती चढेकै जहाजमा कतारबाट आएकी अर्की युवतीको मंगलबार कोरोना परीक्षण गरिएको छ। मंगलबार टेकू अस्पताल पुगी उनले नमूना दिएकी हुन्।
उनी स्वास्थ्य जाँजका लागि नमूना दिएपछि घरमै क्वारेन्टाइनमा बसिरहेको चन्द्रागिरी नगरपालिका ८ का वडाध्यक्ष सन्तोष खड्काले जानकारी दिए।
२५ वर्षीया ती युवती साइप्रसबाट नेपाल फर्कँदा दोहा हुँदै चैत ४ गते काठमाडौं आएकी थिइन्। सोही जहाजमा चढेकी अर्की युवतीमा कोरोना संक्रमणको पुष्टि भएपछि उनले जाँचको नमूना दिई सेल्फ क्वारेन्टाइनमा बसेकी हुन्।
आफु त्यही जहाजमा आएको भन्दै वडाध्यक्षलाई खबर गरेकी थिइन्। वडाले तत्काल उनको ज्वरो परीक्षण गरेको थियो।
त्यसपछि मंगलबार नै उनलाई कोरोना परीक्षणका लागि टेकू अस्पतालमा पठाइएको र चेकजाँचपछि उनी घर फर्किएर क्वारेन्टाइनमा बसिरहेको वडाध्यक्ष खड्काले बताए।
उनको रिपोर्ट आउन बाँकी छ। वडाले विदेशबाट हालै फर्किएका सबैलाई खोजिखोजि कोरोना परीक्षण गरिरहेको छ। अहिलेसम्म तीन जना सम्पर्कमा आएको खड्काले बताए।
चैत ४ गते फ्रान्सबाट फर्केकी युवतीमा काेराेना संक्रमण पुष्टी भएकाे साेमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका हुन्। ती संक्रमितकाे टेकु अस्पतालमा उपचार भइरहेकाे छ।