दैलेख (दुल्लू) । दैलेखकाे दुल्लू नगरपालिकाले आइसुलेशन वार्ड र क्वारेन्टाइन निर्माण गरेकाे छ । नगरपालिकाकाे दुल्लू अस्पातलमा ५ बेडकाे आइसुलेशन वार्ड निर्माण गरिएकाे छ भने नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किर्तिखम्बमा ५० बेडकाे क्वारेन्टाइन स्थापना गरिएकाे नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।
उनका अनुसार काेराना भाइरस (काेभिड-१९) प्रतिकार्य याेजना अर्न्तगत सम्भावित जाेखिमलाइ मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएकाे छ भने एम्बुलेन्स र स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएकाे छ ।
देशभर लक डाउन भएसँगै दुल्लू बजार पूर्णरूपमा बन्द गरिएकाे नगरप्रमुख भण्डारीले जानकारी दिए ।