सुर्खेत । कर्णाली प्रदेश सभाका सदस्य ठम्मर विष्टले जनताले दिएकाे जिम्मेवारी पुरा गर्नु आफ्नाे पहिलाे कर्तव्य भएकाे बताएका छन् । शनिबार गुर्भाकोट नगरपालिकाको वडा नं ४ कोटमाझखर्क सुर्खेत अर्न्तगत धोद्रेखोला सिंचाइ आयोजनाको उद्घाटन कार्यक्रममा सांसद विष्टले यस्ताे बताएका हुन् ।
प्रदेश सरकारको रु २५ लाखको सहयोगमा निर्माण सम्पन्न भएको सो आयोजनाको उद्घाटन गर्दै सांसद विष्टले जनताको सुख र दुःखमा आफु अहाेरात्र खटिरहेकाे जानकारी दिए ।
कार्यक्रममा बाेल्दै सांसद विष्टले आगामी निर्वाचनसम्मका बाँकी ३ वर्षमा विकासका कामहरूलाई द्रुत गतीमा अघि वढाइने निर्वाचनमा गरिएका वचन पुरा गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा( गुर्वाकोटका अध्यक्ष देववहादुर खत्री, सचिव मोती विक र गुर्वाकोट नपा वडा नं ४ का अध्यक्ष प्रशन्न शाह लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी सांसद विष्टले गुर्वाकोट नगरपालिका अन्तर्गत साविकको धारापानी गाविसमा प्रदेश सरकारको बजेटवाट निर्माण भैरहेका सडकहरुको अनुगमन समेत गरेका छन।
धारापानी हुदै सल्यान जोड्ने सडक, पोखरे हुदै धारापानी, वोटेचौर देखि धारापानी लगायतका सडक सन्जालले बिकट बस्ती धारापानीको प्रायः सम्पुर्ण क्षत्रलाई सडकको पहुचमा जोड्ने छ ।
गुणस्तरीय र तोकिएको समयमा काम भए थप वजेटका लागि आफुले पहल गर्ने उनले आश्वासन दिए ।
यसैबिच नेकपा वडा नं ४ को एक छुटै कार्यक्रममा नेपाली कांग्रेसका सक्रिय सदस्य धनवीर विक, खवीलाल विक, ढाकावीर वली, सर्मिला वली र तिलसरा सुनार लगायत नेकपा प्रवेश गरेका थिए। नव प्रवेशीहरुलाई स्वागत गर्दै सांसद विष्टले नव प्रवेशीहरुलाई क्षमता अनुसारको जिम्मेवारी दिईने वताए ।