सुर्खेत । भेरीगंगा नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पाैडेल र खानेपानी तथा सरसफाई टेक्निसियन चित्र बहादुर के.सी.विरूद्व दुइ लाख विगाे दावी गरी अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले घुस बापतको रकम दुइ लाख लिएकाे आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेकाे छ ।
झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले निज चित्र बहादुर के.सी.लाई घुस बापतको रकम रू.२,००,०००/-(दुइ लाख) लिइसकेको अवस्थामा नियन्त्रणमा लिईएको थियो।
अनुसन्धानको सिलसिलामा भेरीगंगा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलको आदेश योजना र निर्देशनमा खानेपानी तथा सरसफाई टेक्निसियन के.सी.ले उक्त नगरपालिकाको वडा नं. ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्नपश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत लिएको आराेप पत्रमा उल्लेख गरिएकाे छ ।
अधिकृत र प्राविधकको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले विगाे कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदाबी गरिएको कार्यालयले जनाएकाे छ।
[pdf-embedder url=”https://dullukhabar.com/wp-content/uploads/2020/03/ETR2aX.pdf”]