दैलेख । कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले ‘हामी सबैको दुश्मन गरिवी’ भएको बताएका छन् । बुधवार चामुण्डा विन्द्रासैनी नगरपालिकाको छैटौं नगरसभाको उद्घाटन गर्दै शाहीले यस्तो बताएका हुन् ।
कर्णाली प्रदेशमा ५४ प्रतिशत मानिस गरिवीको रेखामुनी रहेकाले हामी सबैको दुश्मन गरिवी हो । कर्णाली प्रदेशका सबै दलहरुले गरिवी विरुद्धको साझा एजेण्डा आर्थिक समृद्धि बनाई अगाडी बढनुपर्ने बताए । वर्तमान समयमा स्थानीय तहहरु राजनीतिक दलहरुले प्रतिपक्ष र सत्ता पक्ष भनि आन्दोलन गर्दै आएको तर संवैधानिक व्यवस्था अनुसार सत्ता पक्ष र प्रतिपक्ष सम्बन्धी व्यवस्था छैन,उनले भने ।
प्रत्येक स्थानीय तहमा १५ शैंयाको अस्पताल निर्माण गर्ने नेपाल सरकारको निति भएकोले अबको पाँच वर्षभित्र कर्णाली प्रदेशका कोही नागरिकहरुले उपचार गर्न काठमाडौँ र लखनउ जानुपर्ने नपर्ने बनाए । कर्णाली प्रदेशले पनि नागरिकको स्वास्थ्य भन्दा ठुलो केही पनि नभएकाले स्वास्थ्यलाई प्रथामिकता साथ अघि बढाएको छ भने वर्तमान सरकारले जनताको अपेक्षा बमोजिमका काम गरेको दाबी गरे ।
“स्थानीय तहका जनप्रतिनिधीले बहुमतको आधार भन्दा पनि साझा सहमतिबाट जनताको विकास गर्नुपर्छ । हामीलाई जनताले मतदान गरि काम गर्न पठाएकाले जनप्रतिनिधीले तेरो र मेरो भनी काम गनुहुदैन । जनप्रतिनिधी सबैका साझा हुन । जनताका साझा काम गर्नुपर्छ,तेरो र मेरो भनि विवाद गर्न पठाएका होइनन् ।” उनले भने, राजनीतिक गर्ने काम नेताहरुको हो, जनप्रतिनिधिको होइन, । जनप्रतिनिधिहरुले विवाद भन्दा पनि सिर्जनशिलालाई प्रयोग गरी क्षमता प्रर्दशन गर्नु पर्नेपर्छ ।
त्यसैगरि उद्घाटन कार्यक्रममा तत्कालिन जिल्ला विकास समितिका पुर्व उपसभापति एवं नेपाल कम्युनिष्ट पार्टीका कर्णाली प्रदेश सदस्य सूर्यबहादुर शाहीले नगरपालिकाको समृद्धिका लागि सबै राजनीति दलहरु स्र्वाथ भन्दा माथि उठी नगरपालिकाको विकास निर्माणमा सहयोग पु¥याउनुपर्ने बताए । उनले भने, ‘अबको लडाई भनेको अधिकार प्राप्तको लागि होइन, अबको साझा लडाई भनेको आर्थिक समृद्धि हो । चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीको अध्यक्षतामा उद्घाटन भएको सभामा उप–प्रमुख ताराकुमारी शाही –खत्री)ले शुभकामना मन्तव्य राखेकी थिईन ।