सुर्खेत । देशभरका अन्य जिल्लाहरुका साथै कर्णाली प्रदेशमा चैत्र १ गतेदखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको
छ । मानिसको शरिरमा राता विमीरा देखा पर्नुका साथै ज्वरो आई ज्यान समेत लिनसक्ने दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
हाल नेपालमा दादुरा रुबेलाका रोगी ९५ प्रतिशतले घटेको तथ्यांक पाइएको छ । सन् २०२० सम्ममा नेपालमा दादुरा रुवेला खोप शुन्य पु¥याउने लक्ष्य राखिएको छ । जन्मेको ९ महिना देखि ५ वर्षमुनिका सबै बालबालिकालाई नछुटाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोप लगाउनुपर्ने स्वास्थ्यकर्मीको भनाई छ ।
आगमी चैत्र १ गते वीरेन्द्रनगरको कटकुवा स्वास्थ्यचौकीबाट औपचारिक रुपमा यो अभियानको सुचारु गरिने बताइएको छ ।
कर्णाली प्रदेशका १० जिल्लाका करिब एक लाख ६२ हजार बालबालिकालाई उक्त खोप लगाइने छ भने सुर्खेतमा ४० हजार बालबालिकालाई लगाइनेछ । खोप अभियान सुर्खेतमा तीन चरणमा संचालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका चेतननिधि वाग्लेले जानकारी दिए ।
पहिलो चरणमा चैत १ गतेदेखि ६ गते सम्म वीरन्द्रनगरबाट सुरु भई, दोस्रो चरणमा चैत ८ देखि १५ सम्म सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका, यस्तै तेस्रो चरणमा चैत १५ देखि १९ सम्म चिंगाड गाउँपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका र बराहताल गाउँपालिकामा खोप अभियान सञ्चालन गर्न लागेको जनस्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत जीतलाल ढकालले जानकारी दिए ।
उनका अनुसार सुर्खेतमा पाँच सय ८० खोप केन्द्रमा एक सय ५६ जना तालिम प्राप्त भ्याक्सिनेटर (खोपकर्मी) र ११ सय ६० स्वयंमसेवक परिचालन गरिने छ । सरकारी योजना अनुसार दादुर र रुबेला ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिमालाई दिइदै छ । यस्तै जन्मेदेखि ५ वर्ष मुनिका बालबालिकालाई पोलियो खोप दिइदै छ ।
यसपटक प्रदेश राजधानी सुर्खेतमा करिब ४० हजार बालबालिकालाई यो खोप लगाइने जनस्वास्थ्य कार्यालय सुर्खेतका खोप अधिकृत जीतलाल ढकालले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगरमा मात्रै ९ हजार ६१ जनालाई यो खोप लगाइने छ ।
दादुरा अति छिटो सर्ने संक्रामक रोग हो जुन मिजल्स भाईरसको कारणबाट हुन्छ भने रुबेला पनि भाईरसकै कारणबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यो रोग सामान्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्ने भएको यसले छिट्टै महामारीको रुप लिन सक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।
यो सरुवा रोगबाट संक्रमित भएका बालबालिकालाई ज्वरो आउनु र शरीरमा राता विमीरा देखा पर्नुका साथै रुघाखोकीको लक्षण चिन्हहरु पनि देखिन सक्दछन् । यो सरुवा रोग भएकोले व्यक्तिले खोक्दा, हांिछिउ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यामबाट सर्ने गर्दछ भने नाक तथा घाँटिमा रही बृद्धि हुने श्वास नलि एवंम अरु भित्रि अंगहरुमा संक्रमण गर्दछ ।
दादुरा रोगलागेमा आँको अन्धोपना, पखाला लाग्ने, कानको संक्रमण, निमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण, कम्पन जस्ता विभिन्न जटिलताको कारण मृत्यु समेत हुन सक्दछ भने रुबेलाको संक्रमणबाट हाडजोर्नीहरु सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण, गर्भपनत हुने वा मृत शिशु जन्मने, जन्मदै हुने विकलाङ्ग, रक्तस्राव आदि जटिलताहरु आउन सक्दछन् ।
सबैलाई पायक पर्ने स्थान, स्वास्थ्य संस्था÷वडा भित्रका खोपकेन्द्रहरुमा यो खोप लगाउन सकिने बताइएको छ ।
खोप अभियानमा समुदाय, टोल वस्तिमा कहि कुनै बालबालिका दादुरा खोप लगाउन छुट्यो भने बालबालिकामा यो रोगको संक्रमण भई समुदायमा समेत संक्रमण फैलन सक्ने भन्दै समुदायका महत्वपूर्ण जनप्रतिनिधी, अगुवा, शिक्षक, विद्यार्थीबाट यो अभियान सफल बनाउन आग्रह गरिएको छ ।
यो खोल लगाईसकेपछि हल्का ज्वरो आउन सकने, सूई लगाएको ठाउँमा केही देख्ने र सुन्निन सकने, खोप लगाएको केही बाललिबालिकामा १ हप्तापछि दादुरा जस्तै विमीरा देखापर्न सक्ने भन्दै त्रसित नहुन पनि आग्रह
गरिएको छ ।
एड्सका लक्षण देखा परेका, उच्च ज्वरो आएको वा सिकिस्त विरामी भएको बेला, प्रतिरोधात्मक शक्ति कम गराउने रोग वा उपचार र औषधि प्रयोग गरी रहेको र पहिला नै दादुरा रुबेला खोप लगाउँदा गम्भिर प्रकारको असर देखा परेको भएमा यो खोप लगाउन नहुने स्वास्थ्यकर्मीको भनाई छ ।