सुर्खेत । नगर प्रहरी कार्यालय वीरेन्द्रनगरले वरामद गरेको घरेलु मदिरा नष्ट गरेको छ । बिहिबार वीरेन्द्रनगर ९ स्थित दुईवटा घरबाट बरामद गरेको कच्चा पदार्थ, मदिरा बनाउन प्रयोग गरिने औषधी र विक्रिका लागि तयारी मदिरा नष्ट गरेको हो ।
नगर प्रहरी कार्यालयका अनुसार ६३० लिटर कच्चा पदार्थ (मदिरा बनाउने अन्तिम तयारीमा रहेको जाँड), ६० लिटर तयारी घरेलु मदिरा र ४ क्विन्टल मदिरा बनाउन प्रयोग गरिने औषधि खाल्डोमा पुरेर नष्ट गरिएको हो ।
मदिरासँगै ३ सेट मदिरा बनाउने भाँडा र १६ वटा मदिरा राख्ने ड्रम समेत बरामद गरिएको थियो । योसँगै नगरप्रहरी कार्यालय घरेलु मदिरा नियन्त्रण कार्यमा सक्रियपूर्वक अनुगमन गरिरहेको प्रनानी दानसिंह भाटले जानकारी दिए ।