दैलेख । पछिल्लाे समय दैलेख जिल्लाका शैक्षिक क्षेत्रमा पनि भ्रष्टाचार हुने गरेकाे पाइएकाे छ । यी तीन घटना हेर्नुहोस :
घटना नं.–१ – डुङ्गेश्वर गाउँपालिका–५ स्थित पिपल चौतारा माध्यमिक विद्यालयमा सामाजिक विषयको राहत शिक्षक नियुक्तिका क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका निर्वाचित वडा सदस्य भक्तबहादुर शाहीले परीक्षा सुरु हुनुपहिले प्रश्नपत्र आउट गरे । गत पुस २६ गते परीक्षा सञ्चालन हुने तयारी भएकै अघिल्लो दिन पुस २५ गते प्रश्नपत्र निर्माण गरिएको थियो ।
आफन्त राख्ने नाउँमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका उनले फेसबुक म्यासेन्जर मार्फत घनश्याम भण्डारी लगाएत अन्य पाँच परीक्षार्थीलाई प्रश्न र टिक मार्कको उत्तरसमेत पठाए । स्थानीय नागरिकले यसबारेमा अख्तियारमा उजुरी गरे । त्यही आधारमा अख्तियारले छापा मारेर तीनजनालाई पक्राउ ग¥यो । नियुक्त भएका शिक्षक घनश्याम भण्डारी र वैकल्पिक उमेदवार दलबहादुर बिकलाई हिरासतमा लिईयो । यी विषयलाई लिएर फाग’न १४ गत बुधबार डुंगेश्वर गाउँपालिका–५ का वडाध्यक्ष टेकबहादुर भण्डारी सहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
शिक्षक छनोट परीक्षाको गोपनीयता भंग गरी आफ्ना आफन्त आसेपासेलाई मासेन्जरका उत्तीर्ण गराएर अनियमितता गरेको छानबिनबाट पुष्टि भएकाले वडाध्यक्ष भण्डारी सहित चार जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । भण्डारी सँगै वडा सदस्य तथा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष भक्तबहादुर शाही, छनोटमा परेका शिक्षक घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर विकविरुद्ध पनि मुद्दा दायर भएको छ ।
घटना नं.–२ – नारायण नगरपालिका–१ कुईकानामा रेहको बालभैरिब प्राथमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर केसिले आफ्नो विद्यालयमा बालविकास केन्द्रको शिक्षक नियुक्ति गर्ने विषयमा सोही ठाउँका स्थानीय राधिका नेपालीबाट परिक्षामा पास गराईदिने भन्दै रु.४० हजार लिए । राधिकालाई शिक्षक बनाउने नाममा उनले परिक्षा हुनुभन्दा पहिलेनै प्रश्नपत्र दिने भन्दै राधिकाका बुबा रामु दमाईबाट रु.४० हजार माग गरे । प्रधानाध्यापक केसिले पैँसाको प्रलोभनमा परि राधिकालाई गलत प्रश्न पत्र दिए । र उनी परिक्षामा सफल भइनन् । यो बिषयकार बारेमा हामीले प्रअ केसिलाई (माघ २४ गते ) शुक्रबार बिहान ११ बजे सम्पर्क गर्दा प्रअ केसीले १ घण्टामै पैँसा फिर्ता गरिदिए । बाहिर कुरा आउने भएपछि उनले रामु दमाईलाई पैँसा फिर्ता गरे । उनले भने,’ ‘म आफ’बाट गल्ति भएको समेत स्वीकारे । परिक्षा माघ १८ गते जिल्ला शिक्षा कार्यालयमा भएको थियो ।
घटना नं.३ – फागनु १५( आज) नौमुले गाउँपालिका–१ मा रहेको भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंहलाई ३० हजार रुपैयाँ घुस रकमसहित अख्तियारले नियन्त्रणमा लियो । अख्तियार दुरुपयोन अनुसन्धान आयोग सुर्खेतका सुचना अधिकारी मेघनाथ सापकोटाका अनुसार ‘ प्रधानाध्यापक सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर बस्नेतले उक्त विद्यालयका शिक्षकको चौमासिक तलव र दशैँ खर्च वापतको रकम उपलब्ध गराईदिने प्रयोजनाका लागि शिक्षक संग घुस मागिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धाल आयोग सुर्खेतबाट खटिएर दैलेख पुगेको टोलिले नियन्त्रणमा लियो ।
घुस रकम लिइसकेको अवस्थामा प्रअ सिंहलाई नौमुले गाउँपालिका–१ मा स्थित एनएमबी ब्यांकको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लियो । दैलेख जिल्लाको शिक्षा क्षेत्रमा आखिर किन यस्तो किन भईरेहेको छ ? प्रश्न गर्ने बेला आएको छ । शिक्षा जस्तो क्षेत्रमा पनि यस्तो खालको भ्रष्टाचार हुनु त्यति राम्रो मानिदैन् । तैपनी यस्ता घटनाहरु दैलेख दिनानु दिन भइरहेका छन् ।