सुर्खेत । व्यवसायी तीर्थ सुनारले यूवा क्लवलाई आर्थिक सहयोग गरेका छन् । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा न्यु दैलेखीपन्चकोशी कालभैरवआभुषण कलाकेन्द्र सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी सुनारले दैलेखको गुराँस गाउँपालिका तल्लो डुङ्गेश्वर स्थित पंचकोशी यूवा क्लवलाई नगद ५ हजार एक सय सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् ।
समाजमा देखापरेका विभिन्न अवस्थाका गरिव, असहायहरुलाई सहयोग गर्दै आएका व्यवसायी सुनाले क्लवको वार्षिकोत्सवको अवसरमा सहयोग रकम हस्तान्तरण गरेका हुन् । उनि विगतदेखि नै सामाजिक कार्यमा सक्रिय छन् ।