पंखबहादुर शाही
दैलेख । दैलेखको आठबीस नगरपालिकामा १ सय शैयाको अस्पताल निर्माण हुने भएको छ ।
अस्पताल निर्माण र सञ्चालनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र आठबीस नगरपालिकाबीच शनिबार सम्झौता भएको छ ।
सम्झौता पत्रमा १ सय शैयाको ‘ट्रमा सेन्टरको अस्पताल निर्माणको लागि नगरपालिका र प्रतिष्ठानबिच समन्वयन र सहकार्य हुनुपर्ने बताईएको छ ।’ यस्तै सम्झौता पत्रमा विभिन्न १३ ओटा शर्तहरु उल्लेख गरिएको छ । अस्पताल निर्माण र सञ्चालन हुँदा दुई पक्षबीच शर्तहरुको पालना गर्नुपर्ने गरि सम्झौता भएको छ ।
पत्रमा नगरपालिकाको तर्फबाट नगर–प्रमुख खड्गराज उपाध्याय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तर्फबाट प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईले हस्ताक्षर गर्नुभएको छ ।
पत्रमा दुई पक्षको सम्बन्ध विस्तार हुँदै सहकार्य गर्ने, प्रदेश सरकार र संघीय सरकार सँग समन्वयन गरि दुई पक्षले अस्पताल निर्माण र सञ्चालन गर्ने, सर्वसुलभ विशेषज्ञ सेवाहरु उपलब्ध गराउने उद्देश्यका साथ सम्झौता भएको नगर–प्रमुख खड्गराज उपाध्यायले बताउनुभयो ।
यस्तै तत्कालका लागि ‘एक्सरे मेसिन, ल्याव, लगाएतका सामाग्रीहरु र डाक्टरहरुको फिल्ड भत्ताको व्यवस्था नगरपालिकाले गर्ने छ ,’ उहाँले भन्नुभयाे ‘प्रतिष्ठानले डाक्टर र तलवको व्यवस्थापन गर्ने छ ।
यस्तै अस्पतालको लागत ईष्टमेट नयाँ शहर आयोजनाले गर्ने उपाध्यायले बताउनुभयो । उहाँको अनुसार अस्पताल निर्माणका लागि यो पटक डिपीआर गर्ने र त्यसपछि लागतको ईष्टमेट हुने छ ।
यहाँ शिक्षण अस्पताल निर्माण भई सञ्चालनमा आए अछाम, दैलेख, कालिकोट लगाएत जिल्लाका नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
यहाँबाट सर्वसाधरण नागरिकहरुले सहज रुपमा सेवा लिने र नेपालगञ्ज सुर्खेत जाने बाध्यता हड्ने नगरपालिकाका उप–प्रमुख दिपा बोहोराले बताउनुभयो ।
उहाँका अनुसार ‘मापदण्ड अनुसारको नगरपालिकाले अस्पतालका लागि ‘राकम कर्णालीमै १०५ रोपनी सार्वजनिक जग्गा पास गरिसकेको छ ।’
विगत देखि काल मार्ग र मृत्युमार्गका रुपमा चिनिएको कर्णाली राजमार्गमा सुविधा सम्पन्न अस्पताल नहुँदा दुर्घटना भए पश्चात अधिकांशले बाटोमै ज्यान गुमाउँदाको पीँडा महशुस भएको हुँदा देश संघीयतामा आउनु अगावै अस्पताल निर्माणको पहल थालिएको र हाल आएर यो पहलले पुर्णता पाएको बोहोराले बताउनुभयो ।
सम्झाैता -पत्र ।