सुर्खेत । कर्णाली प्रदेशका लागि निर्माण गरिएको नेपाल भ्रमण वर्षको लोगो मन्त्रालयले करिब डेढ महिनापछि वेवसाइटमा राखेको
छ । नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन जनवरी १ मा भएको थियो । सोही दिन कर्णाली प्रदेशको लागि छुट्टै निर्माण गरिएको लोगो सार्वजनिक गरिएको थियो । लोगो सार्वजनि भएको डेढ महिनापछि कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले लोगो वेवसाइटमा राखेको हो । मन्त्रालयको वेवसाइटमा लोगो नभएको विषयमा काँक्रेविहार दैनिक पत्रिका र दुल्लूखबर अनलाइनमा समाचार प्रकाशन भएको थियो ।
मन्त्रालयको पर्यटन शाखाले लोगो वेवसाइटमा राख्नको लागि सूचना प्रविधि शाखामा नदिएकोले लोगो वेवसाइटमा राख्न ढिलाई भएको मन्त्रालयको सूचना प्रविधि शाखाले जनाएको छ ।
मन्त्रालयले कर्णाली प्रदेशका लागि ‘भिजिट नेपाल २०२०’ को छुट्टै लोगो निर्माण गर्न प्रतिस्पर्धा गराएको थियो । निर्माण भएका लोगोमध्ये उत्कृष्ट लोगोको रुपमा गणेश आचार्यले बनाएको लोगो छनौट भएको थियो ।
मन्त्रालयको वेवसाइटमा छैन प्रदेशका लागि निर्मित पर्यटन वर्षको लोगो