सुर्खेत । व्यवसायिक कृषि तालिममा ईजरायल जानका लागि ३ महिने तालिम सञ्चालन हुने भएको छ । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कोहिनुर मल्टी टेक्निकल कलेज प्रालिले ९० दिनको ‘सिक र गर’ कार्यक्रम अन्र्तरगत ११ महिने इजरायलमा व्यवसायिक कृषि तालिममा पठाउनको लागि उक्त तालिम दिने भएको हो ।
सोमबार पत्रकार सम्मेलन गर्दै कलेजका अध्यक्ष बखत बहादुर भण्डारीले उक्त तालिम लिनका लागि शारीरीक रुपमा तन्दुरुस्त भई २० देखि २८ वर्ष ननाघेको हुनुपर्ने बताए । उनका अनुसार तालिमका लागि जोड दुई उर्तिण वा सो सरहको हुनुपर्ने छ भने सिट संख्या सम्पूर्ण प्रशिक्षार्थीहरुमध्ये मेरिट लिस्टको आधारमा छनोट भएका ५० जनालाई इजरायल पठाईनेछ ।
तालिमको लागि आवेदन फागुन मसान्तसम्म खुल्ला गरिएको छ । त्यस्तै तालिमका लागि एक लाख पचास हजरा रुपैयाँ खर्च लाग्ने जनाइएको छ ।