सुर्खेत । बालश्रम विरुद्धको अभियान कार्यक्रम अन्र्तगत एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास निर्देशनालय सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेश राजधानी सुर्खेतमा कार्यक्रम सम्पन्न भएको हो ।
कर्णाली प्रदेशमा बालबालिकाको अवस्थाका बारेमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरिएको हो । कार्यक्रममा शिक्षा विकास निर्देशनालयका अनिता ज्ञावलीले बाल अधिकारसम्बन्धी हालसम्म बनेका कानूनहरुका बारेमा प्रष्ट पारेकी थिइन् भने कार्यालयका डम्बरबहादुर रोकायले बालश्रम र कर्णालीको अवस्था बारे प्रस्तुतीकरण राखेका थिए । कार्यक्रमको सहजीकरण विना थापा पौडेलेले गरेकी थिइन् ।
कार्यक्रममा सुर्खेतस्थित नागरिक समाज, होटल व्यवसायी, यातायात व्यवसायी, पत्रकार, बालबालिका लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । सहभागीहरुले बालश्रम न्यूनिकरणका लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।