
मुलुक परिवर्तनका लागि विभिन्न प्रयासहरु सदियौंदेखि हालसम्म भइरहेका छन् । जहानीया राणा शासनका विरुद्ध होस् या पञ्चायत, लोकतन्त्रका लागि होस् या निरंकुश राजतन्त्रका विरुद्ध होस् । मुलुकमा परिवर्तनका लडाईहरु धेरै भए । यस अवधिमा विभिन्न ओहोदाका व्यक्तिहरुले ज्यानको वलिदानी दिनुपर्यो ।
मुलुकको सर्वागिंण विकासका लागि जनता घाम, पानी, भोक, निन्द्रा नभनि परिवर्तनको आन्दोलनमा शरिक भए । यी विभिन्न कालखण्डहरुलाई छिचोल्दै अन्ततः मुलुकले सार्वभौमसत्ता जनतामा निहित हुने गरि संविधान निर्माण ग¥यो । संविधानतः देश संघिय संरचनामा प्रवेश ग¥यो । समग्रतामा हिजो सिहंदरबारबाट चलेको मूलुक अब जनताको घरदैलोबाटै चल्नपर्छ भनेर नै संघ, प्रदेश र स्थानीय गरि तीन तहका सरकारहरु बनेका हुन् ।
हिजोका दिनमा एउटै केन्द्रिकृत राज्यप्रणालीले मुलुकलाई समृद्धि दिशातर्फ लिन नसकेको हो भन्ने आशंका बोकेका जनता तीन तहमा सरकार बन्दा निकै खुशी छन् । यस्तो अवस्थामा विकासले फड्को मार्ने आशा जोकोहीमा छ ।
आशलाग्दो सरकारका निराशाजनक गतिविधि देख्दा सरकारप्रति जनता आक्रोशित छन् । सरकारी ओहोदा बस्नेहरु समृद्ध मुलुक निर्माणमा गोरेटोमा हिड्न नसकेको प्रष्टै छ ।
यतिवेला जनता कुनै राजनीतिक दलसँग होइन स्थानीय होस् या प्रदेश होस् या त केन्द्र सरकारनै किन नहोस् यी तीन वटै तहका सरकारसँग आक्रोशित छन् ।
सरकारले विकास चाहेको हो या होइन ? हो भने काम गर्न कसले रोक्यो ? कतै काम गर्ने मेलोमेसो सरकारले नपाएको त होइन ? यस्ता अनेकौं प्रश्नका चाङ जनतासँग थुप्रै छन् । यिनै प्रश्नहरुको जवाफ खोज्ने शिलशिलामा सरकारको आलोचना चिया–चौतारा हुँदै सडक देखि सदनसम्म भइरहेको छ ।
सरकारका हरेक गतिविधिको टिप्पणी आ–आफनै तवरबाट भइरहेको छ । तर बधाई दिन लायकका काम सरकारले गर्न सकेको छैन । सरकारका कार्यको समाचार माध्यामबाट यसका गतिविधि बाहिर निस्केकै छन्, सडकमा आन्दोलन भएकै छ, चिया–चौतारामा आलोचना भएकै छन्, सदनमा प्रतिपक्षीले विरोध गरेकै छ, हुँदा –हुँदा सत्तापक्षले नै सरकारको विरोध गर्दै आएको छ भने यस्तो अवस्थामा सरकार आत्मालोचना गर्दै समृद्धिको दिशातर्फ उन्मुखपर्नेमा सरकार निदाएको छ ।
यसरि हरेक क्षेत्र होस् या समुदाय वा अन्य कुनै निकायमा सरकार भन्नेवित्तिकै जनताको मुखभरि गाली आउछ भने सरकार जति चिल्लो गाडी चढेर झण्डा फहराए पनि यो नाङ्गो छ, यसको कुनै औचित्य छैन ।
औषधी नपाएर जनता मरेका छन्, उचित शिक्षा नहुँदा विचैमा पढ्न छोड्नेको संख्या बढेको छ, पढेकाले देशमै रोजागार नपाउँदा विदेश पलायन भएका छन्, सडकको स्तरीयता छैन, खानेपानीको अभावमा जनता काकाकूल छन्, जलसम्पदाको समुचित प्रयोग नहुँदा जनता अन्धकारमा रात विताउन बाध्य छन् । यस्तो अवस्थामा सरकारले दिनानुदिन परिवर्तन किन खोज्न सकिरहेको छैन ? सरकारमा के को कमी देखियो ?
सरकारले काम गरेको छैन पनि भन्न मिल्दैन तर काम भन्दा बढि प्रचारवाजी र अनियमितता भएका उदाहरण हाम्रोसामु प्रष्ट छ । संघिय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन घोषणा गरेको छ । तर पर्यटक भित्राउनका लागि आवश्यक स्रोत साधनको जोहो गर्न सकेको छ की छैन ? पर्यटकीय स्थलमा पुगेका पर्यटकले आशा गरेजतिकै मनोरञ्जन लिन पाउछन् की पाउँदैनन् ? यसका लागि आवश्यक स्रोत साधनको व्यवस्था सरकारले गर्न सकेको छ की छैन ? हचुवाको भरमा पर्यटन वर्ष घोषणा हुँदैमा समृद्ध देशको परिकल्पना गर्नु बेकार हो भन्नु बाहेक अरु कुनै शब्द छैन । यो त एक प्रतिनिधीमूलक उदाहरण मात्र हो । यस्ता अनेकन उदाहरण हाम्रासामु प्रष्टै छन् ।
सरकारको आलोचना कति गर्नु सरकारकै कामप्रतिको असन्तुष्टी कति दिन राख्नु जनता वाक्कै भइसके । सरकार नाङ्गो बजारमा प्रस्तुत भइसक्यो अब यसलाई कट्टु लगाएको छैन भन्नु व्यर्थ हुनेछ ।