सुर्खेत । टिप्परले माेटरसाइकललाइ ठक्कर दिँदा एक जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । सुर्खेत–जुम्ला सडकखण्डकाे वीरेन्द्रनगर ४, गाैतमचाैक नाेवेल एकेडेमीकाे अगाडी भे १ ख २२४२ नम्बरकाे टिप्परले भे ६ प २१७८ नम्बरकाे माेटरसाइकललाइ ठक्कर दिँदा माेटरसाइकल चालककाे मृत्यु भएकाे हाे ।
मृतक माेटरसाइकल चालक कालिकाेट महाबै गाउँपालिका ३ सिमखेत घर भएका २० वर्षिया केशर सिंह रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक रबि रावलले जानकारी दिए ।
प्रत्यक्षदर्शीका अनुसार अटाे रिक्सासँग ठक्कर खाएकाे माेटरसाइकल साइड लगाउँदा तिव्र गतिमा आइकाे टिप्परले ठक्कर दिएकाे बताइएकाे छ । टिप्परले करिव २० मिटर परसम्म सारेकाे जनाइएकाे छ ।
दुर्घटना भएपछि मृतक आफन्तहरूले वीरेन्द्रनगरकाे सडक अवरूद्ध पारेका छन् भने सवारी अवागमन ठप्प भएका छन् ।
टिप्पर र टिप्पर चालकलाई प्रहरिले नियन्त्रणमा लिइसकेकाे छ ।