सुर्खेत । हरि प्रसाद कंडेलले जन्मदिनको अवसरमा सुर्खेतमा रहेको मानव सेवा आश्रमलाई सामाग्री सहयोग गरेका छन् । कलिलै उमेरमा ठूलो व्यावसायिक सफलता हासिल गरेका उनले मानव सेवा आश्रमलाई सहयोग गरेका हुन् ।
उनले जन्मदिनको अवसरमा खानेपानि ट्याङ्कि, बाल्टिनहरु, सरसफाईका सामाग्रिका साथै फलफुल वितरण गरेका छन् । पछिल्लो समय कोरियन भाषा प्रशिक्षणका लागि ट्रस्ट एजुकेसन सेन्टर नामको शिक्षालय संचालन गरेका उनि पटक पटक कोरियन भाषा परिक्षा उर्तिण गर्दापनि कोरिया नगएर स्वदेशमै भाषा स्कुल संचालन गरिरहेका छन् ।
विगत केहि समय देखि संचारमाध्याममा समेत आवद्ध रहेका छन् । कंडेलले परोपकारी कर्मपनि मानविय दायित्व भएको भन्दै आफ्नो जन्मदिनको अवसरमा आश्रमलाई आवश्यक सहयोग गरेको बताए ।