सुर्खेत। जाजरकोटमा जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी आठ लाख घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाका अनुसार अध्यक्ष केसी वीरेन्द्रनगर–४ कटकुवा नजिकबाट घुस रकमसहित पक्राउ परेका हुन।
उनीसँगै चन्द्रबहादुर बस्नेत पनि पक्राउ परेको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार बस्नेत पनि अध्यक्ष केसीसँग घुस रकम लिँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।
उनी कर्णाली विकास परिषदको बैठक र राष्ट्रियसभाको मतदानका लागि सुर्खेत आएका थिए।