सुर्खेत । कर्णालीमा राष्ट्रियसभा सदस्यको चुनावमा नेकपाका उम्मेद्वार माया प्रसाद शर्मा र सुमित्रा बिसी विजयी भएका छन् । मायाप्रसाद आचार्यले ३ हजार ६ सय १८ र सुमित्रा बिसीले ३ हजार ६ सय ८४ मतभार प्राप्त गरेका छन् ।
यसैगरी नेपाली कांग्रेसका उम्मेद्वार डिल्लीराज पाठकले ९ सय ७६ र महिला उम्मेदार गणेश कुमारी बस्नेतले एक हाजर २१६ मतभार प्राप्त गरेका छन् । बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा ९८.४८ प्रतिशत मत खसेको
थियो ।
सुर्खेतका निर्वाचन अधिकृत राजेन्द्रप्रसाद आचार्यका अनुसार कुल १ सय ९८ मतदातामध्ये १ सय ९५ जना
मतदाताले मतदान गरेका हुन् । कर्णालीमा कुल मतदातामध्ये तीनजना मात्रै उपस्थित भएनन् । निर्वाचन कार्यालयका अनुसार कालिकोटको तीलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली, डोल्पाको डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्ष मल्लटासी गुरुङ र हुम्लाका नाम्खा गाउँपालिमका उपाध्यक्ष पेमा तामाङ मतदानमा उपस्थित नभएका हुन् ।
भिजिट भिसामा अमेरीका पुगेकी नेपाली चार महिनादेखि सम्पर्कमा आएकी छैनन् । गुरुङ मूर्ति चोरीको आरोपमा कारागारमा छन् । तामाङ भने बिरामी भएका कारण मतदानमा सहभागी नभएको स्रोतले जनाएको छ । कर्णाली प्रदेशका ४० र स्थानीय तहका १ सय ५८ जना मतदाता रहेका छन् ।