सुर्खेत । पछिल्लो ३ वर्षको तथ्याङ्क हेर्दा कर्णाली प्रदेशमा कर्णाली प्रदेशमा कुष्ठ रोगका विरामीको संख्या घट्दो क्रममा रहेको एक तथ्याङ्कले देखाएको छ ।
६७ औं विश्व कुष्ठरोग दिवसका सन्दर्भमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजीत अन्तरक्रिया कार्यक्रममा पछिल्ला ३ वर्षमा कुष्ठ रोगका नयाँ विरामी फेला पर्ने दर कम हुदै गएको जनाइएको छ ।
आर्थीक वर्ष २०७३÷७४ मा कुष्ठरोगका नयाँ ११५ जना विरामी फेला परेका थिए भने आर्थीक वर्ष २०७४÷७५ मा पनि त्यति नै संख्यामा कुष्ठरोगका नयाँ विरामी फेला परेका थिए । गत आर्थीक वर्ष २०७५÷७६ मा भने कुष्ठरोगका नयाँ विरामी कम देखीएको तथ्याङ्कले देखाएको छ । उक्त अवधिमा ८९ जना कुष्ठरोगका नयाँ विरामी फेला परेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका क्षेय तथा कुष्ठरोग अधिकृत पदम केसीले जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा सहभागीले कुष्ठरोग निवारणका लागी थालिएका प्रयासहरु शहर केन्द्रीत भएको गुनासो गरेका छन । उनिहरुले यातायात खर्चवापत विरामीले पाउनु पर्ने रकम अत्यन्त न्यून रहेको भन्दै त्यसले ग्रामीण क्षेत्रका विरामीलाई उपचारको प्रक्रियामा सहजता नभएको बताएका हुन ।
गुनासो सुनेपछि बोल्दै कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता जोशी भण्डारीले बजेट खर्च गर्न नसकेर फ्रिज हुने क्रम पनि नरोकिने र विरामिले पनि उपचारको अभाव झेली राख्नु पर्ने अवश्था दुखःद भएको बताए ।
समाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख बृषबहादुर शाहीले समाजीक विकास मन्त्रालय कुष्ठरोग निवारणका लागी प्रतिवद्ध रहेको बताए ।