सुर्खेत । जिल्ला प्रहरी कार्यलय सुर्खेतले जिल्लाका स्थानिय तहका प्रमुखहरुलाई सम्मान गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत स्थानीय तहले सहयोग गरेको भन्दै आईतबार एक कार्यक्रममको आयोजनागरि प्रशंसापत्र सहित सम्मान गरेको हो ।
सम्मान ग्रहण गर्दै पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले विद्यालय स्तरसम्म महिनाको एक दिन विद्यार्थीलाई प्रशिक्षण दिनु पर्ने बताए ।
स्वंयम प्रहरी नै विद्यालय स्तरसम्म पुगेर प्रशिक्षण दिन सके धेरै कुरितीहरुको अत्य गर्न सकिने उनको भनाई छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमको प्रशंसा पत्रवितरण कार्यक्रमा प्रहरीसँग आम नागरिकसँगको सम्बन्ध प्रगाढ हुनुपर्छ भन्ने उद्देश्यले विभिन्न किसिमका कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ ।