दैलेख (भैरवी) । भैरवी गाउँपालिकामा पञ्चकोशी कला साहित्य उत्थान केन्द्र स्थापनाका लागि तदर्थ कार्यसमिति गठन भएको छ । साहित्य संरक्षण, सम्वद्र्धन र कला संस्कृतिको गर्ने उद्देश्यले उक्त साहित्य उत्थान केन्द्र स्थापनाको लागि तदर्थ समिति गठन गरिएको हो ।
गाउँपालिकाको वडा नं. २ का वडाअध्यक्ष हरीबहादुर थापाको संयोजकत्वमा ८० जना भन्दाबढीको सहभागितामा आइतबार गाउँपालिकाको रावतकोटमा भएको भेलाले विभिन्न क्षेत्रमा रचनात्मक क्रियाकलाप गर्ने व्यक्तिहरुको हातेमालो गर्न लागिएको जनाइएको छ ।
उक्त भेलाबाट अध्यक्षमा प्रकाश विष्ट (पिडित), उपाध्यक्षमा नन्दा कुमारी महतरा (चिन्तन), सचिवमा सुर्यबहादुर थापा (काजि प्रवासी) र सहसचिवमा अर्जुन बहादुर थापा चयन भएका छन् भने कोषाध्यक्षमा शेरबहादुर विष्ट चयन भएका छन् ।
त्यस्तै आठजना कार्यदललाई समितिको सदस्यमा राखिएको छ ।
यसैगरी संरक्षकमा सैनिक आवाशिय महाविद्यालयका प्रिन्सीपल थीरबहादुर थापा, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तेजबहादुर थापा र केन्द्रिय बार एसोसियसनका सदस्य अधिवक्ता डम्बर थापा रहेका छन् भने सल्लाहकारमा हस्तबहादुर महतारा, उपेन्द्रबहादुर विष्ट, निराजन विष्ट, थीरबहादुर विष्ट, ओम प्रसाद रिजाल र तिलक प्रसाद रिजाल रहेका छन् ।