सुर्खेत । राष्ट्रिय वाणिज्य बैँकले कर्णाली प्रदेशमा बैँकको प्रादेशिक कार्यालय स्थापना गरेको छ । सेवालाई प्रावकारी गराउनका लागि प्रादेशिक कार्यालयको स्थापना गरिएको बैँकले जनाएको छ । कर्णाली प्रदेशका मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुुक्रबार एक समारोहका बिच प्रादेशिक कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बाेल्दै उनले प्रभावकारी रुपमा सेवाग्राहीलाई छिटोछरितो सेवा दिन बैंकलाइ आग्रह गरे ।
बैँकका नायब कार्यकारी अधिकृत कविराज अधिकारीले प्रादेशिक कार्यालयले कर्णाली प्रदेशमा रहेका बैँक शाखाहरुको अनुुगमन, सेवालाई प्रभावकारी गराउन सहज वातावरण बनाउँनेलगायतका कामहरु गर्ने जानकारी दिए । उनले कर्णाली प्रदेशका सबै जिल्लामा राष्ट्रिय वाणिज्य बैँकको शाखा पुुगेको जानकारी गराउँदै सल्यान र रुकुुम पश्चिमको सदरमुकाममा तत्तकाल शाखा विस्तर गरिने बताए ।
साथै उनले वीरेन्द्रनगरमा अर्को शाखा खोल्ने तयारी गरेको पनि जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिका बैँकको काउण्टर संचालनमा ल्याइने छ ।