दैलेख (दुल्लू) । नेपाल भ्रर्मण वर्ष २०२० देशैभर विभिन्न कार्यक्रम गरि शुभारम्भ गरिएको छ । सोही सिलसीलामा दुल्लु नगरपालिकाको पटाङ्गिनीमा पनि विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।
लोप हुन लागेका संस्कृतिक सम्पदाहरुको प्रस्तुत गरि हर्षोल्हासका साथ शुभारम्भ गरिएको हो ।
कार्यक्रममा दुल्लु नगरपालिका वडा नं.५ को झोडा, भोइनी र धमारी गितहरु प्रस्तुत गरिएको थियो भने दुल्लु नगरपालिका वडा नं.११ मा रहेको लाफा होम स्टेले थाली नाँचको प्रस्तुत गरेका थियो ।
यसैगरी दुल्लु नगरपालिका वडा नं.१ को समुहले पञ्चेवाजाको प्रस्तुत गरेको थियो । यस्तै नेरा मावि कृतिखम्वका एनसिसिका विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुत गरेको थियो ।
कार्यक्रममा दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले दुल्लु नगरपालिमा आउने आन्तरिक तथा वह्य पर्यटकहरुलाई मध्यनजर गर्दै दुल्लु नगरपालिका वडा नं.११ को खागिताडा र वडा नं.२ को तोरायामा सामुदायिक अर्गानिक होम स्टे सञ्चालन गरिएको बताएका छन् ।
प्रमुख भण्डारीले भ्रमण वर्ष २०२० लाई सफल पार्नको लागि शान्ती सुरक्षालाई मध्यनजर गर्दै नगरपालिकामा रहेका ऐतिहासिक सम्पदामा सिसि क्यामराको जडान गरिने जानकारी दिए ।
प्रमुख भण्डारीले दुल्लु नगरपालिकामा रहेका साँस्कृतिक सम्पदाहरुलाई सरसफाइ र जानकारीको लागि होडिङवोर्डहरु राखिने बताए ।
नाविस्थान मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष नवीन योगिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पर्यटन विकास केन्द्र दैलेखका अध्यक्ष गणेश प्रसाद उपाध्याले गरेका थिए ।
कार्यक्रमको अध्यक्षता दुल्लु नगरपालिकाका उप प्रमुख विस्णु थापाले गरेकी थिइन् ।
कार्यक्रम सुरु हुनु भन्दा पहिले झाँकिसहितको ¥यालि निकाली दुल्लु नगरपालिका परिक्रमा गरिएको थियो ।