दैलेख । जिल्लाकाे आठवीस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारी कार्यालयमा हाजिर नभएकाे भन्दै नेपाली काँग्रेस आठवीस नगरकार्यसमितिले विज्ञप्ती जारी गरेकाे छ । प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदी सहित अन्य कार्यलयमा कार्यरत कर्मचारीहरू लामाे समयदेखि कार्यालयमा उपस्थित नभएपछि हाल कार्यालय कर्मचारी विहिन बनेकाे भन्दै विज्ञप्ती जारी गरिएकाे हाे ।
विज्ञप्तीमा कर्मचारीकाे अनुपस्थितिले नगरपालिकाका सेवाग्राहीहरूले भाेग्नुपरेकाे असहजप्रति नेपाली काँग्रेस आठवीस नगरकार्यसमितिकाे ध्यानाकर्षण भएकाे जनाइएकाे छ ।
नगर सभापति अर्जुन शाहीद्वारा हस्ताक्षरित विज्ञप्तीमा यथाशिघ्र नगरपालिकामा कर्मचारीकाे व्यवस्थापन गरि नगरबासी एवम् सेवाग्राहीकाे सेवा सुचारू गराइदिन सम्बन्धित निकायकाे ध्यानाकर्षण गरिएकाे छ ।
विज्ञप्ती पढ्नुहाेस :