सुर्खेत । शुक्रबार कर्णाली प्रदेशका सुर्खेत, दैलेख र जाजरकाेटमा विद्युत सेवा अवरूद्ध हुने भएकाे छ । कोहलपुर रामपुर ३३ के.भि. लाईन निर्माण कार्य गर्न लागेकाे हुँदा सुर्खेत ३३ के.भि. प्रसारण लाईन बन्द गर्नुपर्ने भन्दै सेवा अवरूद्ध हुने कार्यालयले जनाएकाे छ ।
शुक्रबार दिउँसो एक बजेदेखि साँझ पाँच बजेसम्म सेवा अवरूद्ध हुनेछ ।